सुस्मिता बोहोरा
मेरी बहिनी मेरा लागि
सबै भन्दा प्यारी।
एकै छिन साथ नहुँदा खेरी
मनै हुन्छ भारी।
मनभित्रको साथी मेरो
एउटै मुटु हाम्रो।
‘ लुरी ‘ दिदी भन्दा मलाई
झनै लाग्छ राम्रो।
यदि तिमी नभएको भए,
म सधैं एकलै हुन्थेँ।
मनको भारी बिसाउन नपाएर,
एक्लै- एक्लै रुन्थेँ।
तिमी मेरो सबै थोक,
तिमी मेरी प्राण प्यारी।
सक्दिन म पलभर जिउन,
तिम्रो मुहार नहेरी।
मलाई साथ दिन आयौ,
मेरी बहिनी बनि।
तिम्रै कारण छु म अहिले,
संसारकै धनि।
संसार जित मेरी बहिनी,
बनि तिमी नामी।
नसम्झ एक्लो कहिल्लै,
साथदिने मै छु नी।
( एस . ई. ई ब्याच – २०७४)
सम्बुद्ध एजुकेशनल एकेडेमी
गलकोट नगरपालिका -६, बागलुङ