सरस्वती बुढाथोकी
कस्तो होला मुहार हजुरको मैले देख्न पाइन।
बाल्यकालमा हात समाई मैले लेख्न पाइन।।
भाग्य नै यस्तै रहेछ पाइन बाबा हजुरको मायाँ।
अन्धकारले झस्काउँछ नहुँदा हजुरको छायाँ।।
हजुरको निगरानीमा अझै राम्रो बाटो अङ्गाल्थे ।
सबै पलहरु हजुरकै निगाहमा मनैभरि सँगाल्थे।।
थाहा छैन दैवको कतिबेला पापी नजर लाग्यो।
गुँड का बचेरा हामीलाई घर न घाटको पार्यो।।
झुपडिकै खुसी प्यारो किन चाहियो दरबार।
आशा काे दियो निभ्यो सँगै भयो हाम्रो हार।।
सपना जति बगायो वर्षा यामको भेलले झै।
एक्लो हामीलाई बनायो छुट्टी जाने रेलले झै।।
जीवनको सहारा काँडे तारमा झै अल्झियो।
हजुरको याद घाउ बनि सदैव मुटुमै बल्झियो।।
( एस. ई. ई. ब्याच – २०७१)
सम्बुद्ध एजुकेशनल एकेडेमी
गलकोट नगरपालिका -६, बागलुङ