कविता -सायद साथि म फरक छु

जेनिश क्षेत्री
घाम अस्ताउदा घाम संगै नीदाउछौ रे तिमी
म त जुन संगै उदाउने मान्छे;

तिमीलाई कोइलीको सुमधुर संगित मन पर्छ
म त काग संगै गुनगुनाउने मान्छे;
तिमी मानिसहरूको भिडमा रमाउन सिपालु
म त एकान्तमा एक्लोपनलाई सुमसुम्याउने मान्छे;
सायद !!!
सायद साथि म फरक छु,
कहाँ हाँस्ने अनि हँसाउने तिमी
कहाँ किस्ता किस्तामा मुस्कुराउने म ।।।।
कुश्मीशेरा ,बाग्लुङ

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →