कविता -हरियो वन

सन्तोष चोखाल
दिन्छौ गास, बास र कपास सधैँ हामीलाई।
जोगाउन सकेका छैनौं हामीले तिमीलाई।।

देख्दा जतासुकै हरियाली नै हरियाली।
मनमा छाउँछ उमङ्ग अनि खुशीयाली।।
रोकेका छौ जान बाट बाडी र पहिरो।
सबै जिव सँग नाता छ तिम्रो गहिरो।।
डाँफे र मुनाल नाच्दछन् तिम्रो बगेलिमा।
जिव जन्तु गाउँछन् झरनाको सुसेलीमा।।
दिन्छौ तिमीले सबै जीवलाई प्राण वायु।
कामना गर्दछौँ वृद्धि रहोस् तिम्रो आयु।।
तिम्रै कारण धर्ति सिन्चिन फुट्छ मुहान।
तिम्रो आफ्नो हामी छौँ एक्लो नठान।।।
( कक्षा – १०)
सम्बुद्ध एजुकेशनल एकेडेमी
गलकोट नगरपालिका – ६, बागलुङ

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →