कविता – प्रेमील प्रकृति

सुस्मिता केसी
लहलह धानका बाला मस्तिले झुल्दछ फाँटमा।
डाँफे मुनाल उन्मादले नाच्दछन बन पाखामा।।

घामको पहिलो किरण सँगै हिउँचुली मुस्कुराउँछन्।
मौरी, पुतली अनि भवरा फूलमा सधैं भुनभुनाउँछन्।।
कोइली चरी रानी वनमा गाउँछ साह्रै मिठो गित।
चरा चुरुङ्गीले वनपाखा सँग लगाएका छन् प्रित।।
खोलानाला धेरै छन्, त्यसैमाथि मनमोहक ताल।
माछा रमाई उफ्रिन्छन् आउँदाखेरि खोलामा छाल।।
रानी वनमा जरायो, मृग नाच्छन् रमाई – रमाई।
बोट बिरुवा मख्ख पर्दछन् यिनको नृत्य हेरी।।
( कक्षा – १०)
सम्बुद्ध एजुकेशनल एकेडेमी
गलकोट नगरपालिका -६, बागलुङ

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →