सुष्मा खत्री
हिँड्दा हिँड्दै
म
आज फर्किंदै एक पटक पछाडि हेर्छु।
जब फर्किन्छु,
अनि देख्छु त्यो बितेको हिजोलाई।
‘ तारा बाजी’ देखि ‘ तेरा बाजे’ सम्मको यो रमाईलो यात्रा।
रुँदै- रुँदै
पहिलो पटक,
विद्यालय गएको त्यो दिन र….
आज
त्यो विद्यालयका साथीहरुको याद मा बित्ने रात।
कति रमाइलो छ जिन्दगी?
ती रङ्गिन दिन अनि मखमली साँझ।
अनि आज
मुटुको टुक्रा – टुक्रा हुँदा पनि
हाँस्न बाध्य यी दिन।
दुःखद पल हरु बल्झिन्दा छिनछिन।
कस्तो गज्जब काे छ यो जिन्दगी।
हजारौं पटक लड्दा पनि
उठ्न, फेरि उठ्न
साहस दिने यो जिन्दगी।
थोरै गारो,
धेरै अप्ठ्यारो,
ठूलो बाटो
तर छोटो यो जीवनलीला काे सफर मा,
धेरै आनन्द दिने यो जिन्दगी।
आज,
काधमा छ ठूलो जिम्मेवारी।
अनि लुकेको डर भनि के होला भोलि?
तर पनि हार खान नदिने यो जिन्दगी।
के थाहा
भोलि कस्तो हुन्छ भनेर दौडी रहने यो जिन्दगी।
ए जिन्दगी!
मरेर के लान्छस्?
किन सोध्छस् मलाई?
सोद्छस् भने सोध – कसरी पो जिउँछस्?
लड्छु म।
हार्छु म।
तर
एकदिन तिमीलाई जित्छु म।
मैले जित्ने दिन,
कुनै सङ्घर्ष कोही सँग रहने छैन।
रहनेछ त केबल मैले बिताएका पलहरु।
जिन्दगी! तिमी पनि म बाट टाढा हुनेछौ।
कुनै मायाँ मोह कसैसँग रहने छैन।
रहनेछु ‘ म’ ।
केबल ‘ म ‘।
( एस. ई. ई ब्याच – २०७३)
सम्बुद्ध एजुकेशनल एकेडेमी
गलकोट नगरपालिका -६, बागलुङ