लघु कथा :प्रविधीको युग र सन्तानका व्यसतता

मीरा राजभण्डारी आमात्य
केही बर्ष अगाडिको कुरा । परदेशी भुमीमा हुँदा आफन्तको सम्झना खुब आउछ कुरा गर्न मन लाग्छ । त्यस्तैमा एक दिन सम्झनालाई आफ्नो आफन्तिसँग कुरा गर्न मन लागेछ र सामाजिक

सन्जाल मा ति आफन्ती को नाम राख्दै खोजिन तर भेतिनन । अचानक उन्की छोरी अनलाइन देखियो उनी खुशी भइन र ति आफन्ती का छोरी को मेसेन्जर मा कल गरिन दुई पटक कल कातियो उबले सोचिन व्यस्त भयो होला । केही छ्यन पश्चात फेरी गरिन बल्ल त्यस्रो कल मा फोन उठ्यो । नानी तिम्रो आमा सँग एकपटक कुरा गर्न मन लाग्यो भन्दै आग्रह गरिन, उता बाट जवाब आयो मम्मी को आफ्नै फेस बुकमा गर्नुस् , होइन छैन आइडी देउ न सम्झनाको आग्रह । होइन म बिजी छु म दिन सक्दिन आफ्नो मोबाइल भन्दै लाइन काटिन । दुई तीन पल्ट पनि फोन दिन नमाने पछी भनिन ल तिमी फेस बुक आइडी बनाइ देउ न तिम्रो मोम को । च्यात्ठिदै जवाब आयो, शि हयाज मास्तर्स डिग्री कान्ट सी मेक हर फेस बुक आइडी, आइ ह्याब नो ताइम फोर दोज नटोरियस एन्ड युज लेस जब । एकै सास मा जवाफ आए पछी सम्झना अवाक भइन । हो त हगी आफ्नो आइडी त बनाउनु पर्छ नि भन्ने सोच्दै चुप लागिन ।
केही बर्ष पछी उनी नेपाल फर्किन र समयए मिलाएर ति आफन्ती लाई भेट्न गइन । कुतै कुरा मा भनिन होइन ऐले को जमाना मा जाबो फेस बुक पनि डाउनलोड नगरेर कस्तो जुम्सो बस्नु भाको सम्झना ले हप्काउदै भनिन । होइन मेरो मोबाइल मा फेस बुक भाईबर केही हुँदैन राख्न मिल्दैन । हो र खोइ हेरम त सम्झना ले आफन्ती सँग मोबाइल मागिन र हेरिन र हेरेको हेरयै भैइन् जमानाको साम्सुङ मोबाइल फोन मात्रा गर्न मिल्ने थियो मात्रा दुई हजार को । मन कुदियो सम्झनाको डेद् लाख पर्ने एप्पल को आइफोन बोक्ने कठै ति सन्तान हरु जसलाई आमा को फोन कुन ब्रान्ड को सम्म थाहा छैन । के सन्तान भन्ने जात त्यस्तै हो त ? सम्झना को निरुत्तर प्रश्न आँफै सँग ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →