कविता -नारी

जेनिश क्षेत्री
उ हाँस्छे अनि हँसाउछे पनि,
उ गाउछे अनि गुनगुनाउछे पनि।

लुकाएर अनेकौं वेदनाहरु,
रुदैं राति सिरानी समाउछे पनि।
बितेका पलहरु फर्केर हेर्छे,हेर्दाहेर्दै हराउँछे पनि।
गरेका गल्ती भोगेका कुरा,संझिदै राति कराउछे पनि।
खुसी देखिन्छे ऊ, सुखी देखिन्छे,
फेरि भबिश्य सोचि डराउँछे पनि।
देखेर हजारौं सपना हरु शिरमा सिन्दुर लगाउँछे पनि,
फुटेका सपना टुटेका संबन्ध हेरेर आँसु बगाउँछे पनि।
नारी त हो जे पनि गर्न सक्छे,
त्यागेर खुसी आफ्नो अरुको दुख भगाउँछे पनि।
कुश्मिसेर बाग्लुङ

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →