कविता – मेरो बाबा

सरिस्मा बस्नेत
न त रातले उहाँलाई पिरोल्यो न त कुनै दिनले।
न त पैसाको मात लाग्यो न त हरायो ऋणले।।

न त भोकले सतायो न त रोगले नै सारो गलायो।
आफ्ना सन्तानका सुन्दर सपनाले सबै भुलायो।।
मुश्किल समय एक्लै सहँदै आधा जिन्दगी टर्यो।
रोएको कसैले नदेखुन् भनी आँसु आँखैमा सुक्यो।।
हाम्रो खुसीको लागि पिरलाई मुस्कानले छिपाउनुभो।
आफु हारेर भएपनि हामीलाई संसार जिताउनु भो।।
सन्तानको जरुरतको लागि आफ्नो इच्छा त्यागिदिने।
सन्तानको हितको लागि आफ्नै प्राण पनि फ्याकिदिने।।
मेरो लागि संसारमै सबै थोक कोही छ भने आज।
म गंगा जल छोएर भन्छु त्यो हो मलाई मेरो बाबा।।
( एस. ई. ई ब्याच – २०७३)
सम्बुद्ध एजुकेशनल एकेडेमी
गलकोट नगरपालिका -६, बागलुङ

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →