कविता – मेरा लागि गुरू

रजिना उप्रेती
मेरा लागि गुरू।
आफ्नै चाल सँग चल्न सिकाउने मेरी आमा मेरा लागि गुरु।
ताते ताते गर्न सिकाउने बाबाको चोरी औंला पनि मेरा गुरु।

कलम समाती कपुरी ‘ क ‘ लेख्न सिकाउने पनि मेरा गुरु।
मेरा लागि गुरु।
आफु बलेर मलाई उज्यालो पथ देखाउने दियो हुन्।
मलाई जिवन उपयोगी ज्ञान छर्ने उज्यालो प्रकाश हुन्।
मेरा कमी कमजोरी औँल्याएर हौसला दिने मार्गदर्शक हुन्।
मेरा लागि गुरु।
सुन्दर भविष्य कोरिरहेको मेरो कलमको मसी जति महत्वपूर्ण छन्।
मेरा पाईला सँगै पल्टिरहेको पुस्तकका पाना जति महत्वपूर्ण छन्।
किनकी मेरा सपनामा पंख लगाउने एक हात मेरा गुरुकै छन्।
मेरा लागि गुरू।
भगवान हुन्, जसले सिकाएका पाठ बोकेर म अघि बढिरहेकी छु।
मेरा लागि गुरु।
मेरा अभिभावक हुन्, जसले मलाई आफू भन्दा पनि सफल हुन सिकाए।
मेरा लागि गुरु।
आदर्श हुन्, जसले मलाई पुकारी र सहयोगी बन्न सिकाए।
( एस. ई. ई ब्याच – २०७५)
सम्बुद्ध एजुकेशनल एकेडेमी
गलकोट नगरपालिका – ६, बागलुङ

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →