निशा कार्की
घर मेरो रमाईलो सुन्दर त्यो ताराखोला।
हाँसौ, रमाउँ भोलि भेट होला न होला।।
आलु मिठो त्यहाँको चिसो चिसो पानीले।
चिनिएको छ हाम्रो ठाउँ सेलेट खानीले।।
करमिला र सिपमा लाग्दछ हाट बजार।
हस्तकला सामाग्रीमा लाग्छ सबैको नजर।।
देशभरी प्रख्यात छ यहाँको नेपाली कागज।
मानिस सरल छन् उर्जाशील छ सबैको मगज।।
कति सुन्दर छ हिल, भुस्कात अनि अर्गल गाउँ।
तारा अनि खोला सब्द मिली बनेको यसको नाउँ।।
आफ्नै मौलिक चाडपर्व छन् हुँदैनन् फेरबदल।
बिच भाग बाट दरम खोला यहाँ बग्दछ अविरल।।
( कक्षा – १०)
सम्बुद्ध एजुकेशनल एकेडेमी
गलकोट नगरपालिका -६, बागलुङ