काठमाडौं उपत्यकामा रोकिएन कोरोना कहर, आज कहाँ कति संक्रमित भेटिए ?

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर २२ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ५ महिला र १७ पुरुषहरु रहेका छन् । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको छ । यो संख्या कुल संक्रमितको शून्य दशमलव ५९ प्रतिशत हो ।

देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार ७१ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ७१ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्याकामा एक हजार ४१६ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११४५ , ललितपुरमा १६१ र भक्तपुरमा ११० कोरोना संक्रमित थपिएका हुन् ।

जसअनुसार काठमाडौंमा ४०८ महिला र ७३७ पुरुष, ललितपुरमा ७१ महिला र ९० पुरुष र भक्तपुरमा ५० महिला र ६० पुरुष रहेका छन् ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ रहेको छ । पछिल्लो २४ घण्टामा एक हजार ५५२ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ७५ हजार ८०४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७० दशमलव ३ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १२ हजार ४२७ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ११ लाख ७६ हजार ९८४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १३ हजार ६४९ जना र होम आइसोलेसनमा १७ हजार ६६६ जना रहेका छन् । आजसम्म देशभर ४ हजार ६१३ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३२९ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

यससँगै कुल संक्रमितको संख्या एक लाख ७ हजार ७५५ पुगेको छ ।

शनिबार दैनिक सर्वाधिक संक्रमित थपिएका थिए । शनिबार एकैदिन पाँच हजार ८ कोरोना संक्रमित थपिएका थिए भने १४ जनाको मृत्यु भएको थियो ।

यस्तै ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार नाघेको छ । ललितपुर जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या चार हजार ४९४ पुगेको छ । त्यसैगरी अहिलेसम्म कोरोनाबाट निको भर्ई डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार १८६ पुगेको छ ।

यसैगरी जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या दुईहजार २६३ र मृतकको सङ्ख्या ४५ पुगेको उक्त कार्र्यालयका प्रमुख डा. खगेश्वर गेलालले बताउनुभयो । उहाँले भन्नुभययो, “धेरै मानिसले कोरोनाको डर मान्न छाडिसकेका कारण यहाँ सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । सार्वजनिक यातायातमा हिड्ने आधाजसो यात्रुले मास्कको उचित प्रयोग नगर्नाका साथै आवश्यक स्वास्थ्यसुरक्षा अपनाउन पनि हेलचक्याई गरिरहेको देखिन्छ ।”

महानगरपालिकामा ७९ देखि ८० प्रतिशत सङ्क्रमितहरूको कन्ट्रयाक टे«सिङ गर्दा अपनाउनुपर्ने सावधानी नअपनाएका कारण झन जोखिम बढेको कार्यालय प्रमुख डा.गेलालको भनाइ थियो । “हामीले महानगरपालिकाको टोल टोलमा पुग्नका लागि नयाँ योजना बनाउँदै छाँै”, उहाँले थप्नुभयो,, “कोभिड सङ्क्रमित स्वयंले पनि सजक भएर घरका अन्य परिवरको सम्पर्कबिना केही दिन एकान्तवास बसिदिए यसको जोखिम चाँडै न्यूनीकरण हुन्थ्यो ।”

लपु महानगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ६०१ पुगेकामा निको भर्ई डिस्चार्ज हुनेको सङख्या एक हजार ३४० पुगेको र सक्रिय सङ्क्रमित एक हजार २३१ पुगेकामा होम आइसोलेसनमा एक हजार १५० र बिभिन्न अस्पतालमा ८१ सङ्क्रमितले उपचार गराइरहेका महानगरपालिका ¥यापिड रेसपोन्स टिमकी संयोजक देवी गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “शनिवार भेटिएका २६५ सङ्क्रमितमध्ये कति महानरवासी त कति महानगरबाहिरका भनेर हामीले छुट्टाउनै बाँकी छ ।” लपु महानगरपालिकाबाट हालसम्म ३० जनाले कोरोनाका कारण मृत्युवरण गरिसकेका छन् ।

वडाका विभिन्न काममा लागिपर्दा महानगरपालिका नं ८, नं १२ र नं १९ का वडाध्यक्षमा कोरोना सङ्क्रमण पुष्टि भएर उहाँहरु होम आइसोलेसनमा बसिरहनुभएको छ । महानगरपालिकामा हाल व्यापकरूपमा कोरोना बढेसँगै असोज २० देखि २७ गतेसम्म वडा नं ८, गत सोमबारदेखि आजसम्म वडा नं १९ र वडा नं २० पूर्णरूपमा बन्द गरिएको सम्बन्धित वडाध्यक्षको भनाइ छ ।

गत बुधाबार मात्रै महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन कोरोना सङ्क्रमणमुक्त हुनुभएको थियो । उहाँले हाल घरबाटै महानगरपालिकाको काम गरिरहनुभएको प्रमुखका स्वकीयसचिव इन्द्र बज्राचार्यले जानकारी गराउनुभयो ।

महालक्ष्मी नगरपालिकामा कोभिड सङ्क्रमित सङ्ख्या ५४३ पुगेको छ । तीमध्ये सङ्क्रमण मुक्तभर्ई स्वास्थ्यलाभ गर्ने २५५, सक्रिय सङ्क्रमित २८५ यीमध्ये होम आइसोलेसनमा २६३ र अस्पतालको आइसोलेसनमा २२ रहेका नरपालिाकाका सूचना प्रविधि अधिकृत सन्तोष पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “ कोरोनाका कारण हालसम्म यस क्षेत्रमा तीन सङ्क्रमितको मृत्यु भर्ईसकेको छ ।”
गत सोमबार मात्रै नगरप्रमुख रामेश्वर श्रेष्ठ २२ औँ दिनमा कोरोना सङ्क्रमणबाट मुक्त हुनुभएको थियो ।

उक्त नगरपालिकाले कोभिड सङ्क्रमणको शङ्का लागेका व्यक्तिलाई मध्यनजर गरेर ती वडामा हप्तामा दुईपटकसम्म कोरोना परीक्षण गर्ने गरेको नगरप्रमुख श्रेष्ठले बताउनुभर्यो । “कोरोनालाई ख्यालठट्टा सम्झेर चियापसल अनि टोलटोलमा बसेर गफ नगर्न, मास्कको उचित प्रयोगका साथै यात्रामा सामाजिक दूरी कायम गर्न र चाडवाड नजिकिएसँगै सामन खरिदका लागि बजार नजान आग्रह गर्दछु”, उहाँले भन्नुभयो, “कोरोनाको लक्षण नदेखिएका व्यक्तिबाट झन सङ्क्रमण बढ्नसक्ने महसुस गरिरहेको छु । यसैले शङ्का लागेका व्यक्तिलाई कोरोना परीक्षण गर्न बोलाउँदा ठाडै अस्वीकार गर्ने गरेको पाइएकाले स्वास्थ्यमा विशेष ध्यानदिन सबैलाई अनुरोध गर्दछु ।”

गोदावरी नगरपालिकामा सङ्क्रमितको सङ्ख्या ३०४ पुगेकामा निकोभर्र्ई डिस्चार्ज हुनेको सङ्ख्या १५१, होम आइसोलेसनमा रहनेहरू १३६, अस्पतालमा उपचार गराइरहनेहरूको सङ्ख्या छ, ।यसैगरी बडिखेल नगरपालिकामा आइसोलेसनमा छ र सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेकोे छ ।

उक्त नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन पनि १६ औँ दिनमा गत मङगलबार कोरोना सङ्क्रमण मुक्त हुनुभएको थियो । कोञ्ज्योसोम गाउँपालिकामा सङ्क्रमितको सङ्ख्या १३ पुगेको छ । तीमध्ये चार सक्रिय सङ्क्रमित आइसोलेसनमा रहेका र बाँकी नौको रिपोर्ट नेगेटिभ आइसकेको स्वास्थ्यशाखा संयोजक नवलकिशोर महतले बताउनुभयो ।

वाग्मती गाउँपालिकामा सङ्क्रमितको सङ्ख्या १३ पुगेकामा होम क्वारेन्टाइनमा छ र निकोभर्ई डिस्चार्ज हुनेको सङ्ख्या सात पुगेकोे संयोजक नवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

महाङ्काल गाउँपालिकामा सङ्क्रमित सङ्ख्या १४ पुगेकामा निकोभर्र्ई डिस्चार्ज हुनेको सङ्ख्या आठ र होम आइसोलेसनमा पाँच र एकको अस्पतालमा उपचार भइरहेको बताउँदै स्वास्थ्य संयोजक ज्ञानेन्द्र चन्दले भन्नुभयो, “हामीले होम आइसोलेसनमा रहेका व्यक्तिको स्वास्थ्यलाई ख्याल गरेर कोरोना पुष्टि भएको दिनदिेखि तीनदिन, पाँचदिन, सातदिन, १०दिन र १४औँ दिनमा उनीहरूको स्वास्थ्य अवस्थाबारे फोन गरेर बुझ्ने गरेका छाँै ।”दक्षिण ललितपुरको तीन गाउँपालिकाका कुनै पनि व्यक्तिले हालसम्म कोरोनाका कारण मृत्युवरण गर्नुपरेको छैन ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →