यस्तो छ दुध दहि खाने सहि समय, कुन बेला भुलेर पनि हुदैन खानु ? हेर्नुहोस्

नेपालमा दूध र दही दैनिक जीवनमा धेरैले सेवन गर्छन् ।

दुवैको सेवन स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ ।

तर, दूधभन्दा दही खानु स्वास्थ्यका लागि लाभदायक मानिन्छ कमैलाई थाहा छ ।

दूधलाई जमाएर अमिलो बनाएर दही बनाइन्छ ।

यसमा भएका ब्याक्टेरियाका कारण पाचन प्रक्रियालाई सहज बनाउँछ ।

दहीमा दूधभन्दा बढी प्रोटीन, ल्याक्टोज, क्याल्सियम र अन्य धेरै भिटामिनहरू पाइने वैज्ञानिकहरू बताउँछन् ।

दहीमा भिटामिन ए र बी–१२ हुन्छ अनि क्याल्सियम पनि धेरै हुने हुँदा हाड र दाँत बलियो बनाउन यसले मद्दत गर्छ ।

साथै दहीमा हुने तत्वले अस्टियोपोरोसिस जस्ता रोगसँग लड्न पनि सहयोग गर्छ ।

अर्को कुरा त दूध छिट्टो नपच्ने हुँदा यसले कब्जियत तथा ग्यास पैदा गर्छ ।

दही तुरन्तै पच्ने हुँदा खाना खाएपछि दही लिँदा पाचनप्रणालीलाई सहयोग पुग्छ ।

डाक्टरहरूका अनुसार एक दिनमा २५० मिलि दही खानु सही हुन्छ । दिउँसो भोजनको समयमा दही पिउँदा पनि यसले फाइदा गर्छ ।

राति भने दही खानु स्वस्थकर मानिँदैन ।

अझ मासु खाएका बेला त बिर्सेर पनि दूध वा दही खानु हुँदैन ।

साथै बासी दही पनि स्वास्थ्यका लागि हानीकारक हुन्छ ।

मधुमेह, रुघाखोकी, टन्सिल, दम र सास फेर्न समस्या भएकाहरूले पनि दही खानु हुँदैन ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →