लघुकथा : घमण्ड

~डा. विदुर चालिसे

–“लघुकथालाई विश्वविद्यालयमा पढाउन मिल्छ ?”
लघु साेचकाे लेखक साेध्दथे । जवाफ पाउँथे ।
–“कथा नै छाेटाे हुन्छ, मिल्दैन !”
–“लामाेमा चाहिँ के हुन्छ र ?”
–“पण्डित्याइँ !”

लेखक त्यसपछि पण्डित बन्नका लागि लामाे कथा लेख्न थाले । पछि फेरि साेधे ।
–“अब त पालाे आउला कि पाठ्क्रममा !”
अधिकारी चटपटाए। आँखा तन्काए । फाइल पल्टाए । भित्ता हेरे अनि जवाफ दिए ।
–“उपन्यास मात्रै राख्न सकिन्छ ।”
लेखक रन्थनिए । उनी उपन्यास लेख्न गुप्तवास बसे । लेखे । प्रकाशित गरे । अधिकारी छेउ पुगे ।
–“उपन्यास आयाे हजुर, मेराे !”
रिसले चूर भएका अधिकारी बर्बराए ।
–“आफ्नाे त पार्न सकेकाे छैन, फाेगटियाहरू !”
लेखकले अधिकारीकाे जीवन शैलीकाे मजा देखे ।
–“भूईं फुट्टा !”

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →