लघुकथा : ताैल

~डा. विदुर चालिसे
लाेभी थिए । पापी थिएनन् । जुहारी चल्थ्याे । प्रसङ्ग ठडियाे अनि आ-आफ्ना तर्क चले ।
–“कपास र सुनकाे, धार्नीमा कुन बढी हुन्छ ?”
प्रतिस्पर्धा थियाे । केवल बाँच्नु थियाे । मपाइत्व थियाे । अरू केही थिएन । सार्थक जीवनकाे माेहमा निरर्थक चस्मा थियाे ।
–“गरिब र धनीमा काे ठुलाे हुन्छ ?”
जब भाषण गर्न मञ्चमा नेता पुग्याे । उसले काैलास्याे ।
–“याे दुनियामा सबसे बडा गरिब हुन् !”
गरिबकाे नाक ठुलाे भयाे । भाषण सुन्दासुन्दै महाजन पुर्लुक्क ढल्याे । गरिबकाे मूल्यकाे आकार खुब बढ्याे । सडक, चाेक र गल्लीतिर गरिबहरू आफ्नाे नाक लिएर ठुलाे स्वरले भन्भनिन थाले । ठुलाे ताैलकाे मात लागेकाे भाषामा बाेल्थे ।
–“तिमीहरूलाई थाहा छ नि ? हाम्राे सत्ता !”
महाजन अक्क न बक्क थियाे । चुपचाप चाकडी बजाउँथ्याे र बाँच्ने उपायमा लाेली मिलाउँथ्याे ।
–“म पनि तिमीहरू जस्तै गरिब हुँ !”
एकदिन नेताले भाषणमा आफ्नाे लवज फेरे । गरिबकाे ताैल पनि फेरियाे । महाजनकाे ताैल बढ्याे । उनले भने ।
–“देश विकासमा महाजनकाे पुँजी परिचालन अनि गरिबलाई राेजगारी !”
गरिब र धनीकाे ताैल बराबरै थियाे । लल्लन दासले नेतालाई माछा काेसेली उपहार लिएर ढाेकामा पुगे ।
–“आफ्नै उत्पादन हाे, हजुर !”
–“अहाे ! तपाईकाे धन त खुब स्वादिलाे छ है ?”
गरिबले नेताकाे ढाेकामा कुरिरहेकाे थियाे। लल्लन दास मख्ख
परेर बाहिर निस्क्याे अनि गरिबलाई भन्याे ।
–“अब त मेराे पनि ताैल बढ्याे, सानाे आकार देखेर हुन्छ !”
बाहिर ठुलाे हुरि चलेकाे थियाे । कपास फुर्फुर्रर गरेर हावामा उडिरहेकाे थियाे । कपासकाे धार्नीकाे आकार घटेकाे थियाे । त्यसैले सुन र कपासकाे ताैलमा बराबर भएपनि आकार सानाे ठुलाे देखियाे । ताैल प्रतिस्पर्धामा एकदिन सबैले भाग लिए ।
कपास र सुनकाे तुलनामा नेताकाे ताैल दाेब्बर थियाे ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →