हालै समाजको दोश्रो बैठकबाट कोषाध्यक्ष सिद्धार्थ श्रेष्ठ संयोजक रहने गरी बागलुङ जिल्लामा रहेका १० स्थानीय तहमा “अन्तर पालिका “भलिबल प्रतियोगिताको गर्ने निर्णय गरिएको हो।
यसरी भलिबल खेल राख्नुको प्रमुख उद्देश्यमा बाग्लुङ जिल्ला भलिबल खेलमा निकै अब्बल साबित भएता पनि अहिले बिगतको तुलनामा केही कमजोर भएको होकी भन्ने महसूस गरेर पनि बाग्लुङ जिल्लामा खेलाडीहरूलाई प्रोत्साहन र खेलकुदको प्रवर्द्धन गर्न समेत आयोजना गरिएको समाजका अध्यक्ष एकराज गिरीले बताउनु भयो ।
त्यस्तै हरेक बर्ष बिभिन्न खेलकुद वा अन्य खेलहरूबाट मनोरन्जनातमाक गरिने भएको र अहिलेलाई सम्पुर्ण भलिबल खेलाडीलाई आफ्नो तयारीमा जुट्न भलिबल खेलकुद समितिका संयोजक सिद्धार्थ श्रेष्ठले अपिल गर्नु भएको छ।
स्मरण रहोस बागलुङ भलिबल खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा राम्रो खेलाडी उत्पादन गर्ने जिल्लामा पर्दछ ।