कविता -देह त्याग पछिको पल।।

-जेनिस क्षेत्रि
म हेरिरहेँछु ताली बजाउनेहरुको भीड;
मेरो लासलााई कात्रो मिलाईदिँदै गर्दा
भतेर दिई खाना सजाउनेहरूको भीड ;

हर कोही छ त्यो भीडमा
मेरो कारण मन दुखेकाहरु अनि मैले साथ माग्दा लुकेकाहरु
तिमि पनि छौ ,मेरा आँफ्नै पनि छँन् ;

आज ;
म हेरिरहेँछु मेरो लासमा आँखा गडाउनेहरुको भीड
जीन्दगीभर मेरा खुट्टा तानि
त्यहि पाउमा फूल चढाउनेहरुको भीड;

सायद जल्ने बेला भएछ क्यारे,

म देखिरहेँछु दाउरा मगाउनेहरुको भीड ,
अन्तिम पल्ट नियाल्दै हर एकलाई,
म खोजीरहेँछु आँसु बगाउनेहरुको भीड।।।।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →