शेयर बजारमा नयाँ रेकर्ड, नेप्से परिसूचक २,६३६ बिन्दूमा

काठमाडौं, फागुन ६ गते । साताको अन्तिम कारोबार दिन बिहीबार पनि बढ्ने क्रमले निरन्तरता पाउँदा नेप्सले नयाँ रेकर्ड कायम गरेको छ। बिहीबार सेयर बजार परिसूचक नेप्से २५.२३ अंकले बढेर २६३६.६८ अंकमा पुगेको छ।

बुधबार २६११.४५ अंकको उचाइलाई तोड्दै बिहिबार नेप्सले नयाँ रेकर्ड बनाएको हो। बिहिबार पौने ९ अर्बको कारोबार भएको छ। अघिल्ला दिनमा जस्तै साताको अन्तिम दिनसम्म पनि लगानीकर्ताको रोजाइमा वाणिज्य बैंक र विकास बैंक रहेका छन्। विकास बैंकको उपसूचक २.३३ प्रतिशत, बैंकिङ उपसूचक १.२२ प्रतिशतले बढ्दा अन्य समूहको उपसूचक पनि २.६ प्रतिशतले बढेको छ।

बिमा र लघुवित्तका लगानीकर्ता भने बिहिबार गुमाउनेको सूचीमा परेका परेका छन्। बजारमा ९० हजार २०२ कारोबारमा २०६ कम्पनीको १ करोड ९६ लाख ४६ हजार ५७८ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७६ करोड २१ लाख ४७ हजारको कारोबार भएको छ।

कारोबार रकममा एनआईसी एशिया बैंकलाई नेपाल इन्फ्रास्टक्चर बैंकले पछ्याएको छ। एआईसी एशिया बैंकको ५६ करोड १ लाख ८ हजार, नेपाल इन्फ्रास्टक्चर बैंककको ५० करोड ८२ लाख ७० हजार र सिभिल बैंकको २८ करोड ३८ लाख ६ हजारको कारोबार भएको छ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →