एजेन्षी / कति सम्म लापरवाही हुन्छ भन्ने कुराको उदाहरण हो यो । अस्पताल परिसरमा स्टेचरमा १३ वर्षकी बालिकाको शव छ । तस्बिरको अवस्थावाट नै बुझ्न सकिन्छ त्यहाँ के भइरहेको छ ।
यस्तो हृदयविदारक अवस्थाको अस्पताल प्रशासनलाई भने कुनै जानकारी छैन । अस्पतामा उपस्थित अन्य विरामी कुरुवा र आफन्तहरुले यो दृष्य मोवाइलमा खिचेर सार्वजनिक गरिदिएका हुन् ।
नेपालमा पनि अस्पतालमा लापरवाही भएका घट’ना बेलाबेलामा सार्वजनिक हुन्छन् । तर यो घ’टना भने नेपालको होइन । सम्भलको डिडोली कला स्टेशन डिडोलीमा सडक दुर्घटना भएको थियो।
जसमा १३ वर्षीया रिन्केको निधन भएको थियो भने उनका भाई पवन गम्भीर घाइते भएका थिए। भाइबहिनीहरू बाइकमा पेट्रोल लिन जाँदै गरेको अवस्थामा दुर्घटना भएको थियो ।
दुर्घटना पछि ती दुबैजनालाई गम्भीर घाइते अवस्थामा जिल्ला अस्पताल पुर्याइएको थियो, त्यहाँ डाक्टरले रिन्केलाई निधन भएको घोषणा गरे भने पवनलाई उपचारका लागि भर्ना गरिएको थियो।
पवनको अवस्था पनि चिन्ताजनक थियो। घरमा भएका सबै सदस्य छोराको रेखदेखमा थिए। त्यही समयमा, रिन्कीको शव अस्पताल परिसरमा स्ट्रेचरमा राखिएको थियो। त्यहि समयमा अस्पतालमा घुम्ने कुकुरहरूले शव तान्न थाले ।
त्यहाँ उपस्थित व्यक्तिहरूले यस दृश्यको भिडियो बनाए । परिवारका सदस्यहरूले अस्पताल प्रशासनलाई लापरवाही गरेको आरोप लगाएका छन् ।