लघुकथा : अमन

~डा. विदुर चालिसे
उजाड मरूभूमि थियाे । रेगिस्तानी जहाज पारवहनकाे सामान बाेकेर अगाडि बढिरहेकाे थियाे । पठार क्षेत्रमा न पानी थियाे न खानाकाे व्यवस्था नै थियाे । रसफाकाे हातमा एक सिन्कनाे लठ्ठी थियाे । उसले लठ्ठीमार्फत निर्देशन मात्रै के गरेकाे थियाे । साे जहाज मरूभूमिमा अकस्मात ढल्याे । रसफाले माेहिनलाई भन्याे ।

–“हाम्राे यात्रा अलपत्र हुने भाे !”
–“जहाजलाई पानी छम्किदेउ न त !”
बायाँ खाेकिलामा भिरेकाे बाेतलकाे पानी झिक्याे । त्यसपछि रसफाले जर्किन सँगकाे एउटा बाटामा खन्यायाे । उसले जब
जहाजकाे जिउमा पानी छम्कियाे । तब जहाज पाे खुब काम्न थाल्याे। त्यसपछि जहाजकाे मस्तुल उसले सुम्सुम्यायाे । पानी प्यासले ढलेकाे जहाजले एउटा टिठलाग्दाे स्वरमा करायाे ।
–“शाेषकहरू ! मलाई प्यास लागेकाे थाहा छैन ?””
रसफा र माेहिनले यस्ताे स्वर सुन्ने वित्तिकै उस्लाई खुट्टैखुट्टामा बेसरी काेर्राले पिट्न थाले । जहाज विवश झन भएर कराउन थाल्याे । उसका जीवनका सन्तापहरू अलाप्न थाल्याे तरपनि वेदनाकाे आवाज सुन्न चाहेनन् । जहाजले आँसु खसाली रह्याे र मुन्टाे निहुराएर भूईं खाेस्राे । अन्त्यमा उसले अत्यन्त पीडाले आवाज निकाल्याे !”
–“सामन्तहरू के मलाई सुधाे ऊँट हाे भनेर हेप्ने ?”
भाेक, प्यास र छटपटीले मर्मान्त बनेकाे ऊँटलाई उनीहरूले टुक्रैटुक्रा पारेर काटेर भाग लगाए अनि पछिल्लाे रात्रीभाेज देखि रक्सीसँग सितनका रूपमा खुब चपाए । भाेजकाे मस्त आनन्दकाे बेला उनीहरूले एकले अर्काेलाई साेधे ।
–“ओइ ! भन् त पार्टी फाेरेकाे भाेज कस्ताे छ ?”
–” त्यति नि थाहा छैन तलाई ? यही रेगिस्तानी ऊँटकाे मासु जस्तै स्वादिलाे !”
उनीहरू दुवैले खुब मरिमरि हाँसेर साे रेगिस्तानी जहाज(ऊँट) काे कवाफसँग फेरि एक प्यालाकाे रक्सीकाे तुर्काेले सेंचन गरेर शान्ति लिए ! त्यसपछि झिसमिसेमा नै उठेर उनीहरूले एउटा अर्काे जहाज खाेखिरहे तर उनीहरू भने अमनकाे एक सनकमा एक्लाएक्लै हिंडिरहेका देखिन्थे ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →