सगरमाथा आधारशिविर पुगेका अरोहीमा कोरोनाको आशंका, दलका अन्य सदस्य क्वारेन्टाइनमा

काठमाडौं, बैसाख ८ गते । सगरमाथा आधार शिविरमा (पाँच हजार ३६४ मिटर) पुगेका एक आरोहीमा कोरोना संक्रमण भएको आशंका गरिएको छ ।

छ दिन अघि आधार शिविरमा सिकिस्त विरामी भएपछि काठमाडौं ल्याइएका नर्वेका आरोहीको स्वाब परीक्षण गर्ने क्रममा कोरोना भएको आशंका गरिएको आधार शिविरमा स्थापना गरिएको हिमालयन रेस्क्यु एशोसिएशनको हेल्थ क्याम्पमा कार्यरत डाक्टर सुरज श्रेष्ठले बताउनुभयो ।
पर्यटन विभागले पनि ती आरोहीलाई निमोनियाँ भएको जानकरी अस्पतालले दिएकाले आधार शिविरमा सजगता अपनाउन र स्वास्थ्य मापदण्ड पालना गर्न भनिएको जनाएको छ ।
कोरोना भएको हुन सक्ने जानकारी भए पछि उक्त आरोहणदलका सदस्यलाई एक साता क्वारेन्टाइन बस्न लगाइएको छ । उहाँहरूलाई टेन्ट भन्दाबाहिर आवतजावत नगर्न भनिएको छ । स्वास्थ्य मापदण्ड पालनामा सरकारले कडाइ गरे पनि उच्च क्षेत्रमा समेत कोरोना पुष्टी भए पछि आरोहीहरु त्रसित बनेका छन् । एजेन्सीका कर्मचारी र आरोही काठमाडौंबाट हेलिकप्टरमा आधार शिविर पुग्ने र आधार शिविरबाट काठमाडौं सिधा आवतजावत गर्ने गरे पछि कोरोना संक्रमण फैलिएको हुनसक्ने एजेन्सीहरुले अनुमान गरेको छ ।

आरोहीहरुमा श्वास फेर्न गाह्रो हुने, भोक लाग्ने, सुख्खाखोकी जस्ता समस्या फैलिए पछि उच्चसर्तकता अपनाउन सुझाव दिएको सगरमाथा आधार शिविरमा स्थापना गरिएको हिमालयन रेस्क्यु एशोसिएसनको हेल्थ क्याम्पमा कार्यरत डाक्टर सुरज श्रेष्ठले बताउनुभयो ।
आधार शिविरमा ४० बढी देशबाट आरोहणका लागि आरोही आएका छन् । यस वर्ष ३७१ जनाले सगरमाथाको आरोहणका लागि अनुमती लिएका छन भने, पुमोरी आरोहणका लागि पाँच जना, ल्होत्से हिमालकालागि १०४ रनुप्से हिमालकालागि २३ जना गरी ५०३ जनाआरोहीले आरोहण अनुति लिएका छन् । यि चार वटै हिमाल एउटै आधारशिविर भएर आरोहणहुने भएकाले सगरमाथा आधार शिविरमा भीड बडेको छ । हालआधार शिविरमा आरोही, गाइड, कामदार गरी करिव १२ सय जनाभन्दा बढी रहेको एजेन्सीहरुले जनाएको छ ।

आधार शिविरमा विरामी भएर रेस्क्यू गरिएका व्यक्तिमा कोरोनाको जस्तो लक्षण देखिए पछि आधारशिविर पनि सुरक्षित नभएको पाइएको हिमालयन रेस्क्यु एसोसिएन आधार शिविर हेल्थ क्याम्पका प्रमुख लाक्पा शेर्पाले जानकारी दिनुभयो । संक्रमित आरोहण दलका सदस्यलाई एक साता क्वारेन्टाइनमा बस्न भने पनि थप परिक्षण जरुरी हुन सक्ने भन्दै यसमा पर्यटन विभागले चासो दिन शेर्पाले माग गर्नुभयो ।
आधार शिविरमा यो महिना सन् २०१९ मा भन्दा पनि बढी आरोहीले रहेकाले भीड बढी हुने पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले बताउनुभयो । कोरोना पुष्टी भनिए पनि अस्पतालले भने निमोनिया भएको भनेर जानकारी दिएको छ, तर आधार शिविरमा उच्च सर्तकता अपनाउन र स्वास्थ्य मापदण्ड पालनागर्न कडाइका साथ निर्देशन दिइएको महानिर्देशक तामाङले जानकारी दिनुभयो ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →