बागलुङ.बैशाख ८ गते । लामो दाबी गरिएको बागलुङ र पर्वत जोड्ने कालीगण्डकी नदीमाथिको झोलुङ्गे पुलमा प्रवेश गरेबापत बागलुङ नगरपालिकाले ५० रुपैयाँसम्म शुल्क उठाउन थालेको छ।
बागलुङ नगरपालिकाले पूर्वाधार शुल्कबापत साधारण ब्यक्तिलाई २०, अपाङ्ता भएका, ज्येष्ठ नागरिकलाई १० र विदेशी पर्यटकलाई ५० रुपैयाँ शुल्क तोकेको छ ।
चैतेदशैको अवसरमा बागलुङ बजार तथा कालिका मन्दिरमा विशेष चहलपहल हुने समयमै पैसा उठाउन सूरु गरेपछी नगरपालिकाको आलोचना भैरहेको छ ।तर पुल जोडिएको क्षेत्रका स्थानीयलाई निशुल्क गरिएको छ। केन्द्र सरकारको बजेटबाट निर्मित पुलमा नगरपालिकाले पैसा उठाउन थालेपछी स्थानीय
आक्रोसित बनेका छन् । नगरपालिकाको कदम प्रति सामाजिक सञ्जालमा चर्को आलोचना भैरहेको छ ।यो पुल विश्वकै लामो भएको बागलुङ नगरपालिकाले दाबी गरेको छ । पुलको लम्बाई ५७६ मिटर छ ।