युवतीको उजुरीपछि बिर्य लागेको कण्डमसहित एक पक्राउ

घोराही, बैशाख ८ गते ।जिल्ला प्रहरी कार्यालय दाङले एक जनालाई जबरजस्तिकरणीको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही ५ धारपानीका अन्दाजी ४० बर्षका सिताराम चौधरी रहेका छन् ।

घोराहीको एक होटलमा आफुलाई लगेर इच्छा विपरित बलात्कार गर्न खोजेको भन्दै युवतीले प्रहरीमा उजुरी गरेपछि चौधरीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले जानकारी दिए ।

प्रहरीले चौधरीमाथि जबरजस्तिकरणीको मुद्धा दर्ता गरेर घटनाको अनुसन्धान सुरु गरिसकेको छ । प्रहरीले होटलबाट चौधरीले युवतीसँग यौनसम्पर्क गर्दा प्रयोग गरेको बिर्यसहितको कण्डम पनि बरामद गरेर अनुसन्धान सुरु गरेको जनाएको छ ।

अस्पतालमा युवतीको स्वास्थ्य परीक्षण भइरहेको र आवश्यक परे डिएनए परीक्षण पनि हुने प्रहरीको भनाइ छ । होटलमा पुगेकी युवतीले सहमतिमा यौन सम्पर्क भएपनि पछि एकाएक बलात्कार भएको भन्दै प्रहरी समक्ष उजुरी दिएको चौधरीले बताएको जनाइएको छ ।

प्रहरीले युवतीको उजुरीपछि बलात्कारमा जाहेरी लिएको थियो । तर, चौधरीले आफुले बलात्कार नगरेको भन्दै अस्विकार गरेको प्रहरीले जनाएको छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →