चितवन भदौ २५ गते | चितवन मेडिकल कलेजबाट नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश पक्राउ परेका छन्।
चितवन मेडिकल कलेजका विद्यार्थीहरु केहीदिन अगाडिदेखि विभिन्न माग राखी गरिएको आन्दोलनको अगुवाइ प्रकाश चन्दले गर्दै आएका थिए।
प्रकाशलाई जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको छ। उनीसहित आन्दोलनमा उत्रिएका अन्य केही विद्यार्थीहरुलाई पनि पक्राउ गरिएको छ। अस्पतालभित्रै प्रवेश गरी सेवा प्रवाहमा अवरोध खडा गर्ने र तोडफोड गर्न खोजेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।