राप्रपा दिल्ली प्रबास समिति गठन

काठमाडाै, असाेज १३ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रबास बिभाग भारत अन्तर्गत दिल्लीमा आयोजित भेलाले पन्ध्र सदस्यीय प्रबासी नेपाली एकता समाज दिल्ली तदर्थ समिति गठन गरेको छ।

राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमले हिक्मत चन्दको अध्यक्षतामा समिती बनाएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा सहायक महामन्त्री बर्तौलाले मुलुकले गुमाएको गौरबशाली इतिहासलाई फर्काउने अभियानमा जुट्न प्रबासमा रहेका नेपालीहरुको महत्त्वपूर्ण भूमिका हुने बिचार ब्यक्त गर्नुभयाे ।
कार्यक्रममा बोल्दै राप्रपा केन्द्रिय सदस्य एबं प्रबास बिभाग प्रमुख बिजय खड्काले प्रबासी नेपालीहरुलाई राप्रपाको झन्डा मुनि गोलबद्ध गराउदै संगठनलाई तिब्रता दिने प्रतिबद्धता ब्यक्त गर्नुभयाे । भेलाले अध्यक्ष हिक्मत चन्द, उपाध्यक्षद्वय प्रहर्श मल्ल, उमा चन्द ठाकुर, सचिब गोकर्ण ओलि, प्रबक्ता सिबि क्षेत्री , कोषाध्यक्ष शुभ दाहाललाइ चयन गरेकाे थियाे ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →

Leave a Reply

Your email address will not be published. Required fields are marked *