नेकपा अध्यक्ष ओलीको अर्को बहाना, बिरामी भएको खबर पठाएर सचिवालय बैठक रोके

काठमाडौं, साउन १२ गते । नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच आइतबार (आज) बिहान भएको छलफलले पनि टुंग्याउन नसकेको स्कुल विभागको नेतृत्वका लागि

आजै बस्ने भनिएको सचिवालय बैठक स्थगित गरिएको छ ।

आजै दिउँसो सचिवालय बैठक बसेर पार्टीका विभागहरू र जनवर्गीय संगठनका इन्चार्ज/सहइन्चार्ज टुंगो लगाउने नेकपाले तयारी गरेको थियो । तर प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीले आफू बिरामी रहेको भन्दै खबर पठाएर बैठक स्थगित गरे । उसो त दुई अध्यक्ष ओली र दाहालले आइतबारै सबै टुंग्याउने सहमति गरे पनि एकाएक सचिवालय बैठक स्थगित गरी आफू अनुकूल गर्न खोजेको नेकपाकै एक सचिवालय सदस्य बताउँछन् ।

‘तर बालुवाटारबाट प्रधानमन्त्रीज्यू बिरामी परेको र दुई अध्यक्षबीचको गृहकार्य नसकिएको भन्दै बैठक स्थगित भएको खबर आयो,’ ती सदस्यले भने। उसो त ओलीले आफू बिरामी भएको बताए पनि आइतबार नै पाँचतारे सोल्टी होटेलमा भएको एक कार्यक्रममा भने सहभागी बनेका छन् ।

नेकपाको स्कुल विभाग प्रमुखमा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलले दाबी गरिरहेका छन् । पार्टीका प्रवक्तासमेत रहेका श्रेष्ठले पनि सचिवालय बैठक बैठक भोलि (सोमबार) दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको ट्विटरमार्फत जनाएका छन् ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →

Leave a Reply

Your email address will not be published. Required fields are marked *