सुमन खड्का
सन १९९० को दसकमा नर्थ न्युजील्याण्डका केही शहरहरु ब्यापक युवा बसाई सराईको प्रभावले झन्डै अस्तीत्वनै गुमाउने खतरामा पुगे ।ती सहरहरुबाट बसाई सर्नुको प्रमुख कारणहरु मध्य युवाहरुमा अबसरको कमी प्रमुख थियो ।
हरेक बर्ष ती सहरहरुमा हजारौंको संख्यामा युवा जनशक्ती श्रमको लागि तयार हुन्थे तर ती सहरहरुसँग श्रम बजारका लागि तयार जनशक्तीलाई संबोधन गर्न सक्ने पुर्बाधारहरुको अभाबलाई नै पहिलो कारण मानियो र पछी निजि तथा सरकार विभिन्न अर्गनाईजेसनहरुको ब्यापक क्रियाशीलता र प्रभावकारी आर्थिक नीतीहरुले गर्दा सन २००० को पहिलो दसकमा पुन: ती शहरहरु आफ्नो पुरानौ अस्तित्वमा फर्कीन सफल भए ।
कुनै पनि शहरको उन्नती प्रगति र अस्तित्व जोगाउन सम्मका लागि पनि जन संख्या पहिलो सर्त हो । कुनै पनि शहरको जनसंख्यानै त्यी शहरहरुका प्रत्येक सुचकांकहरुसंग प्रत्यक्ष सम्बन्ध राख्दछ । शिक्षा , स्वास्थ्य ,रोजगार देखि हरेक आर्थिक क्रियाकलापहरुमा जनसंख्याको प्रत्यक्ष योगदान रहन्छ तर बिगत २ दसक देखी बाग्लुङ जिल्लाबाट भईरहेको ब्यापक बसाई सराई र त्यस समस्या समाधान त परै जायोस, समस्या हो भनी पहीचान सम्म गर्न बाट पनि स्थानीय नीकायहरुको मौनताले गर्दा अबका केहि दशकमा ती नर्थ न्युजील्याण्डका शहरहरुको ९० को दसकको अबस्था हाम्रोमा नआउला भन्न सकीन्न ।
हुनत यो बीषयमा बहस गर्ने यो उचीत समय नहोला ! मानब जातीको हालको पुस्ताले भोगेको अहिले सम्मकै सम्भबत कठीन अबस्थाबाट गुज्रेको यो पल हामी सबैका लागी संकटको समय हो । तर यो हाल मानब जातीको बीज्ञान र प्रविधिले हाँसिल गरेको उपलब्धीको सामु अबीजीत अबस्य छौन र केही समयमा हरेक संकटहरुबाट जस्तै यो महासंकटबाट पनी हामीहरुलाई मुक्ती अबस्य मील्ने छ । त्यसपश्चात हरेक नीजी तथा सरकारी ईन्स्टीच्युसनहरु यो संकटले नीम्त्यायको आर्थीक नैरास्यताबाट उक्सीन हर सम्भब प्रयत्नमा लाग्ने छन । यस्तै हामी बाग्लुङबासी पनी यो संकटपछीको बाग्लुङको भबीश्यका बारेमा ब्यापक बहस र छलफल चलाउनु र उचीत नीती तथा कार्यक्रमहरु अंगाल्नुनै हामी सम्पुर्ण बाग्लुङबासीहरुको भबीश्यका लागि उपयुक्त रहन्छ ।
बीपी कोईरालाले कुनै समय राजा महेन्द्रसंग अनौपचारीक संबादका क्रममा भने जस्तै ‘राष्ट्र भनेको केबल माटोले बनेको भुगोल मात्र नभई त्यहां बसोबास गर्ने जनता पनि हुन । यदी कुनै समय नेपालका हरेक जनता देश छोडेर गएमा अबस्था के हुनेछ र कस माथी राज गर्ने ?’ र यो अबस्था हरेक साना ठुला ईकाईमा लागु हुन्छ बी पी ले भनेझौं यदी कुनै दीन बाग्लुङबाट अधीकांस जनसंख्या बाग्लुङ छाडी देसका अन्य भुगोलमा बसाई सराई गरेर गय भने अबस्था के हुने र यदी हालकै अनुपातमा बसाईसराई भईरहेमा यो अबस्था नहोला भन्न सकिन्न । बीगत २ दसकमा नेपालको कुल जनसंख्या प्रति बर्ष १.३५ प्रतिशतले बढ्दा बाग्लुङको जनसंख्या प्रति बर्ष -०.१० प्रतिशतले घट्दो छ २०५८ मा २,६८,९३७ कुल जनसंख्या रहेको बाग्लुङ जिल्ला २०६८ मा २,६८,७१३ मा झरेको छ जुन कानुनी रुपमा बसाईसराई लिएका बाहेक को हो । २०४८ को दसकमा जम्मा २,३२,४८६ रहेको बाग्लुङको जनसंख्या २०५८ सम्म आउदा बढेको छ जहां बाल मृत्यु दर करीब ९.४ प्रतिशत सम्म थियो र नेपालीको औसत आयुपनी करीब ६० बर्ष मात्र थियो भने २०५८ देखी २०६८ मा आंउदा बाल मृत्युदर घटेर जम्मा ४ प्रतिशत र औसत आयु ६५ थियो र हाल यो संख्या जम्मा २ प्रतिशत र औसत आयु ७१ बर्ष कायम रहेको छ र पनि – ०.१० ले बाग्लुङको जनसंख्या घट्नु पक्कौ पनि राम्रो संकेत होईन । यो त २०६८ सम्म कानुन संगत जील्ला बाहिर र बसाईसराई लिएका कुल जनसंख्याको ८ प्रतिशत मान्दा आयको अबस्था हो तर कानुनी रुपमा बसाईसराई नलीईकन बाग्लुङ बाहिर बसोबास गर्ने या छोड्नेको बास्तबीक संख्या यो भन्दा पनी धेरै ठुलो छ । अझ शीक्षा, तथा रोजगार को सिलशिलामा जील्ला बाहिर बस्नेको संख्या अझ डरलाग्दो छ ।
जिल्लाको कुल जनसंख्याको करीब ३८ प्रतिशत जनसंख्या १५- ४० बर्ष उमेर समुहका छन जुन झन्डौ १ लाखको हाराहारीमा आउंछ । यसको मतलब बाग्लुङ जिल्लाले करीब १ लाख जनसंख्यालाई प्रत्यक्ष रोजगारी दिने हैसियत राख्नु पर्दछ यदी सम्पुर्ण आफ्ना जनतालाई आफ्नै जन्मस्थानमानै राख्ने हो भने । जुन हालको पुर्बाधारको स्थिति हेर्दा असम्भब देखिन्छ । २०६८ सालको जनगणना अनुसार बाग्लुङको कुल जनसंख्यामा ४२,६२३ जना बिदेसमा बसोबास गरेको पाईयको थियो , यो संख्या २०५८ मा जम्मा २७,४८३ थियो यसरी ५८ देखी ६८ मा बिदेसिनेको संख्याको अनुपात हेर्दा हाल यो संख्या ७० हजारको हाराहरीमा रहेको छ जुन प्रत्यक्ष देस बाहिर या त स्थाई रुपमा बसोबास गर्छन या बिदेसमा श्रम गर्छन। यसरी आफ्नो स्थानमा अबसर नपायर बिदेसीयको कुनै युबाले आफ्नो भाबी सन्तानहरुका लागि पनि त्यो स्थान शुरक्षीत अबस्य देख्ने छैन यसले बसाई सराईमा झन बृद्दी गर्ने निश्चित छ । हरेक बर्ष बाग्लुङको श्रम बजारमा करीब १५ हजार युबा श्रमका लागी तयार हुन्छन जसलाई सम्बोधन गर्ने कुनैपनी कार्यक्रम हामीसंग छैन जसले सबैभन्दा धेरै बसाईसराईमा योगदान गरेको छ ।
रोजगारीको कुरामात्र महत्वपुर्ण छैन यहां शिक्ष पनि महत्वपुर्ण छ हरेक बर्ष करीब १२ हजार बिद्यार्थी उच्च शिक्षका लागि तयार हुन्छन र तीनीहरुलाई उच्चशीक्षा प्रदान गर्ने स्तरीय बिध्यालयहरुको हामीसंग अभाब छ जुन बसाईसराईको अर्को महत्वपुर्ण कारक बनेको छ । र ती उच्चशीक्क्षा हांसील गर्ने युबाहरुलाई फर्काउनका लागि हामीसंग तिनीहरुको शौक्षिक बिज्ञतालाई सुहाउने अबसरहरुको अत्यन्तै कमी छ जसले सरासर जिल्ला छोड्न बाध्य पार्नेछ। त्यस्तै यहां स्वास्थ्यको समस्या झन बीकराल छ ।स्थाई बसोबास गर्ने करीब २ लाख जनसंख्याका लागि एउटा पनि गुणस्तरीय अस्पताल नहुनु र भएको एक सरकारी अस्पतालमा पनि पुर्बाधार को अभाब र बिसेश्र्ग्य सेवाको न्युन अबस्था पनि अर्को महत्वपुर्ण कारक हुन सक्छ । उदाहरणकै लागि हालकै माहामारीमा भाईरस ग्रसीत बिरामीको उपचारमा गरेको ढीला सुस्ती र स्वाश्थ्य कर्मीका लागी आबस्यक सुरक्षा सामाग्रीको अभाब पनि सोचनीय बीषय पक्कै हो । नेपालको कुल क्षत्रफलको ०.९८ प्रतिशत भुभाग ओगटेको बागालुङ जील्ला भरिमा जम्मा ५५ कीलोमीटर सडक कालोपत्रे छ र उक्त सडक पनि सदरमुकाम भित्र र वरीपरी मात्र भएको छ। जहां कुल जनसंख्याको ९२.२५ प्रतिशत जनसंख्या सदरमुकामबाट टाढा ग्रामीण भेगमा बसोबास गर्दछन । यसरी बिकासको सामान्य परीभाषाबाट पनि बञ्चीत ग्रामीण जनसंख्या नै बसाईसराईको प्रमुख हुनु सामान्य हो । यसरी यी बिभीन्न कारणहरु जो बाग्लुङबाट देसका विभिन्न ठुला शहरहरुमा विभिन्न कारणहरुले गर्दा बसाई सराई गर्दैछन | यसले नीकट भबीस्यमानै बाग्लुङको अस्तीत्वलाईनै खतरामा पार्न सक्छन यदी सम्बन्धीत नीकायहरु समयमानै सचेत भएनै भने ।
हालको बीध्यमान विश्व संकटबाट मानबजातीको मुक्ती संग संगै हामीहरूले पनी अबस्य मुक्ती पाउने छौं र हामी मध्य धेरै जीबीत पनि रहनेछौं । र त्यस पश्चात बाग्लुङ स्थित नीजी तथा सरकारी निकायहरु , स्थानीय सरकार , उद्योगी , ब्यापारी सबै मिलेर एउटा साझा नीति र अबधारणा अंगीकार गरी बाग्लुङको भविष्य सुधार्नका लागि बिशेष गरि ४ कुराहरु शीक्षा, स्वास्थ्य , रोजगार र पुर्वाधारमा ध्यान दिनु र बढी भन्दा बढी अबसरहरुको सृजना गर्न मेहेनत गर्नु नै हामी सबै र हाम्रा सन्ततिहरुको लागि पनि सुखद रहनेछ ।