राजनीतिमा स्टण्डबाजी होईन उसको (नेता)कर्म बोल्नु पर्छ

ढालेन्द्र गौतम
कुनै पनि राजनैतिक दल आफैमा भ्रष्ट हुदैनन, दलभित्र रहने ब्याक्तिहरु भ्रष्ट र भ्रष्टाचारलाई बढवा दिने खालका हुने गर्छन, भ्रष्टाचारको आरोप लाग्नु र भ्रष्टाचार गरेको प्रमाणित हुने कुरा फरक फरक पाटो हो ।

कुनै पनि राजनैतिक दलका नेताहरुलाई भ्रष्टाचारको आरोप लागि सकेपछी त्यसको प्रमाण जुटाउने,सत्य तथ्य रुपमा छानबिन र त्यसको अन्तिम फैसला गर्ने काम राज्यको भ्रष्टाचार निवारण गर्ने अख्तियार प्राप्त निकायहरुले गर्ने हो, यहाँ को दोषी छ छैन भनेर सम्बन्धी पार्टीहरुले नै अभियुक्तलाई छानबिनको दायरामा पुग्न नपाउदै कार्बाही /सजाय/सफाई आदि दिने अधिकार नेपालको कुनै पनि कानुनले दिएको छ जस्तो लाग्दैन?
आज हरेक राजनैतिक दल भित्र ईमान्दार, बौद्धिक र सक्षम ब्याक्तिहरु छन तर हरेक पार्टी भित्र अबसरको लागि प्रबेश गर्ने र पुरै राजनितिलाई धमिलाउने धमिराहरु, अपराधीक मानसिकता भएका करप्टहरु पनि छन,देशको राजनितिलाई गलत बाटोमा लैजानको लागि यिनै अपराधिक र आर्थिक क्षेत्र भित्र घुसेर केही समूह-गिरोहको लागि आर्थिक लाभ आर्जन गर्ने समुहको चंगुल भित्र देश फसेकै कारण आज देश यथास्थितिबाट गुजि्ररहेको अबस्था छ।
राजनितिमा आरोप लाग्ने गर्छन त्यसको सामना कसरी गर्ने भन्ने मुख्य बिषय हो हिजोका दलहरुलाई सयौ बिषयबस्तुहरुमा आरोप लागेका थिय छन तर उनिहरु कुनै अरु प्रती आरोप प्रत्यारोप लगाउने उशृखल रुपमा अभिव्यक्ति दिने गर्दैनथे त आज नयाँ भनिएका दलहरु र तिनका नेताहरुमा त्यस्तो राजनितिक संस्कार र आफू माथी गरिएका थोपरिएका आरोपहरुलाई कानुनी रुपमा लेर जाने भन्दा पनि त्यस बिषयलाई स्टण्डबाजीको रुपमा लिमे गरेको देखिन्छ त्यसैले राजनितिम स्ट्ण्डबाजी होईन नेताहरुको कर्म बोल्नु अहिलेको आबश्यकता हो।
देशमा अहिले कृयासिल राजनैतिक दलहरुबाट देशले अपेक्षाकृत रुपमा बिकास, सुशासन र पारदर्शी रुपमा अगाडि बढाउन सकेन भन्ने उदघोष सहित उदय भएका नयाँ शक्तिहरु पनि दिनानुदिन भ्रषचार,भित्र रोमलिएका खबरहरु आउनु देश र आम परिबर्तनको अपेक्षा राख्ने आम नागरिकहरुको लागि सुखद खबर भने होईन त्यसमा पनि आफुहरुलाई अरु दलहरु भन्दा अब्बल साबित गर्न उद्दत रहेका नेताहरुको अराजनैतीक, अभद्र असभ्य भाषाको प्रयोग, पार्टी भित्र देखिएका अनियमिततालाई अपराधिक मानसिकता बोकेका भ्रष्टहरुलाई दायाँबायाँ राखेर गरिने कृयाकलाप र दिईने निर्णयहरुले हाम्रो राज्य संचालन/ राज्यको नियम कानुन र कानुनी राज्य माथिको प्रहार गरेको,सुशासनका आफ्नै एजेन्डाहरुले गिजाईरहेका त छैनन।
जुनसुकै राजनैतिक दल भित्रबाट गरिने यस्ता प्रकारका संरक्षणले आउने दिनहरुमा यी र यस्ता समुहहरुबाट राज्य र आम नागरिकहरुले भ्रष्टाचार विरुद्धका शून्य सहनशिलताका नाराहरु नारामै सिमित रहने र जनताका आसा भरोसामा तुसारापात हुने देखिन्छ।। आफुलाई संरक्षणको ढाल बनाउदै अपराधिक मानसिकता बोकेका ब्याक्तिहरु राजनैतिक दलहरु चहार्दै हिडिरहेका हुन्छ्न हरेक दलहरुले त्यस प्रकारका भ्रष्ट र त्यस्का गिरोहहरुलाई कानुनी कठघरामा उभ्याउने आँट शाहस हिम्मत गर्नु पर्ने छ तब मात्र देशले अलिकती सुशासन सहित परिवर्तनको आभास पाउन सक्छन होईन भने जोगिहरुले कति खरानी घसेको छ भन्ने मापनले होईन त्यसले गर्ने कर्मले देशको भबिष्य जोडिएको हुन्छ होईन भने धेरै खारनी धसेर मुख गाला फुर्सो पार्दैमा केही पनि हुन सक्तैन।। जुन जोगि आए पनि कानै चिरेको भन्ने उखान साबित गर्ने भन्दा पनि यो जोगिको कान पनि चिरेको छ खरानी पनि धसेको छ र राज्यको नियम कानुनको पालना पनि गर्छ भन्ने कानुनी राज्यको आभास सहित जनतामा आसा भरोसा दिलाउने खालको राजनैतिक चेत अहिलेको आबश्यकता रहेको छ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →