मनबहादुर खत्री
यो स्मृती लेखिरहँदा मेरा आँखाहरु रसाइरहेका छन, नाक अमिलो भएर पानी निस्केलाकी जस्तो भएको छ, ओंठहरु सुख्खा सुख्खा जस्तै भएका छन, मनका भावनाहरु उकुस–मुमुस गरेर उम्लिरहेका छन, ग्याष्ट्रिकले हो या उग्र मनमन्थनले हो पेट डम्म भएको छ ।
एटमबमको रेडीएसनले भन्दा भावनाको हलचलले मान्छेलाई विच्छिप्त बनाउँदो रहेछ ! जीवनमा पहिलो पल्ट यस्तै महसुस छ ।
किताबमा पढेको थिएँ दोस्रो विश्वयुद्ध, हिरोसिमा सहर, फ्याटमेन र लिटिलब्वाइको कथा र जापानीहरुको क्रन्दन र पुकारा ! त्यसैले पनि जापान आउने भनेपछी ऐतिहासिक सहर क्योटोको भ्रमणलाई हटाएर हिरोसिमाको यात्रालाई जोड्न प्रदिप भाई र मासाको तानाका सेन्सेलाई मैलेनै अनुरोध गरेको थिएँ । त्यो सहर घुम्न पाउने भनेपछी मेरो मनमा छुट्टै उत्साह र उत्सुक्ता थियो । भाई बीरु पनि सामाजिक र अँग्रेजी शिक्षक भएकाले हुनसक्छ, सायद म जतिकै उत्साहित हुनुहुन्थ्यो । बिहानै साढे छ बजे हामी कोको होटलबाट मियाजिमा नेस्नल हेरिटेजका लागि अगाडि बढियो ।
जापानी भन्दा बढि विदेसीहरु भएको यो सहरको मियाजिमा स्थित जिन्जा सराइनको दर्शन गर्न र मिसेन पहाड चडेर वरिपरिको सामुन्द्रिक दर्शन गर्न यो टापुमा दैनिक पचास हजार देखि एकलाख पर्यटकहरु भित्रँदा रहेछन । विदेशीहरुको त्यस्तो भिड नेपालतिर अति विरलै मात्रै देख्न पाइन्छ । र यो भिडको स्वागत, ब्यबस्थापन र विदाइका लागि जापानीहरुले गर्ने हरेक कृयाकलापहरु सदासर्वदा सम्झन लाएक छन ।
प्रत्येक पाँच मिनेटको फरकमा छुट्ने पानी जहाजहरुमा सयौं पर्यटकहरु रमाईरहेको दृश्य, खेलौना जस्ता जापानी स्कुले बच्चाबच्चीहरु, बाटोबाटोमा आफ्नै सुरमा चरिरहेका मृग र तिनका पाठापाठीहरु अनि पुराना मन्दिर र तिनका छानाहरुमा रमाउँदै–रमाउँदै अगाडी बढिरहेका हामी केहि समयको ट्रेन यात्राबाट पुनः हिरोसिमा मा अएपछी स्तब्ध भयौं ।
टाढैबाट हेर्दा त गेनबाकु डोम सामान्य जस्तै लागेको थियो । जब हिरोसिमाको पिस मेमोरियल हल भित्र छिरियो र १९४५ अगस्ट ६ अगाडिको हिरोसिमा र त्यसपछीको हिरोसिमाको इतिहास देखियो त्यसपछी मन बिछिप्त बन्न थाल्यो । आङ्ग जिरिङ्ग भयो ।
ढाड जल्दै गरेको बाबुले आफ्नो छ बर्षे बच्चालाई लतार्दै दौडिरहेको, कक्षामा पढिरहेको बालकले झ्यालबाट हात दिएर आफ्नो शिक्षकलाई बचाउ बचाउ भन्दै गुहार मागिरहेको, आधा शरिर पानीमा भिजाएर सेलाउँदै गर्दा माथि टाउकोमा आगो बलिरहेको दृश्यले मन अमिले बनायो । त्यस लगतै जव एक पाइला अगाडी बढें, एक दिदीले आफ्नो मरिरहेको भाईलाई काखमा राखेर एकपल्ट आँखा खोलन भाई भन्दै चिच्याई रहेको दृश्य, आफु मरिरहँदा आफले कक्षामा पढाइरहेका एक सेन्सेले आफ्नो बिद्यार्थीको हात उनको नजिकै रहेको सैनिको हातमा थमाउँदै उसलाई बँचाउनुस प्लिज भनिरहेको त्यो तस्विर र त्यो भन्दा अलि पर यौटी आमाले आफु जलिरहँदा आफ्ना दुई सन्तानहरुलाई आफनो छातिमुनी च्यापेर घोप्टो परेर बँचाउन खोजिरहेको त्यो कारुणिक दृश्य जव मेरो आखामा प¥यो तव त मैले आफ्नो आसुँ थाम्नै सकिन । सँसारभरका आमाहरु आमानै हुँदारहेछन । एकदम आमाको याद आयो । म घोप्टो परेर रोएँ । एकछिन पछी यसो आखाँ पुछेर यताउता हेरें थुप्रै अरुहरु पनि रोइरहेको पाएँ । नाक मिच्दै म अगाडी बढें ।
दश वर्षकी युकीको फुजी जसले दोस्रो विश्वयुद्ध प्रत्यक्ष देखिन, एटमबमको परिणाम भोगिन, परिवारका सबै सदस्यहरु सहित आफ्ना सेन्से र साथिहरु गुमाइन र आफु क्यान्सर पिडीत भएर चालिस बयालिस वर्षकै उमेरमा बितिन । उनको विच्छिप्त भएको शरिरको एक क्लिक लिने क्यामरा त म सँग भयो तर तिनको मन खिच्ने क्यामरा सायद यो धर्तीमा कहिल्यै कतै बनेको छैन र बन्ने पनि छैन ।
तीन घण्टा हिरोसिमाको पिस मेमोरियल हलभित्र विताएपछी, त्यहाँको प्रीफेक्चरल औधोगिक प्रवद्र्धन हल जस्लाई हाल गेनबाकु डोम वा एटोमिक बम डोम भनिदो रहेछ, त्यस्तै मन लिएर हामी हिरोसिमा क्यासल तर्फ लाग्यौँ । विश्वयुद्धले तहस नहस बनाएको त्यो दरबार, त्यो सहर हाल पुनः यो अवस्थामा आउनुमा प्रत्येक जापानी नागरिक, प्रत्येक कर्मचारी र सरकारमा भएका प्रमुखहरुले कति योगदान गरेहोलान । त्यो मननिय छ !
एकपल्ट आफ्नो देश सम्झें, आठ वर्ष अगाडी ढलेको धरहरा हामीले अझै उठाएर ब्यबस्थित गर्न सकिरहेका छैनौं । बाटोघाटो, विजुलीबत्ती, यातायात र तिनको ब्यबस्थापननै हाम्रा लागि चुनौती बनेका छन । घरघरमा पाइपबाट ग्यास आउँछ रे भन्दापनि हामीलाई कथा जस्तै लाग्छ । पानी जहाज र रेलका कुरा गर्नेहरु पनि बालकथा भनेजस्तै गरि चुनावका बेला जनता लठ्याउने गरि भन्छन र भोट लिएर भाग्छन । हामी बहुलट्ठी बनेर एकले अर्कोलाई सत्तोसराप गर्दै उनैको तारिफ र गालिमा समय विताइरहेका हुन्छौँ । हामी ब्युझिने समय कहिले आउँछ होला कुन्नि !
आफ्नी आमा नराम्री भइन भनेर अर्काकी आमाको तारिफ गरेको त होइन तर मलाई लाग्छ अब हामी व्युझिने बेला आइसकेको छ । यो अर्ध निद्रा, बहुलट्ठी पन र अन्धभक्ति बाट माथी उठेर देशलाई माथि उठाउन सकिएन भने, एक सिंगो ब्याक्ति जति धनी र सक्षम भएपनि अन्तराट्रिय नजरमा हामी कहिल्यै माथी उठ्न सक्दैन रहेछौ । यो भोगाई म र भाई बीरुले जापानको यएरपोर्टमा भोगीसकेका छौ । पछी कुनै लेखहरुमा यो कुरा आउनेनै छ । आजलाई यतिनै । हजुरहरुले पढिदिनु भएकोमा धन्यवाद ।
स्थानः रियल होटल, बुन्कियो, टोकियो सहर