धेरै दिन बाट मैले विश्वरुपा भगवती ( विश्व रुप बिष्णु, महादेव पनि भन्ने गरेको पाइएको) को यो लग्भग भग्नावशेस को फोटो सामाजिक सन्जालमा पोस्ट निरन्तर हुँदै आएको पढ्ने र हेर्ने गर्दै आएको छु ।
कसले के प्रतिकृया दिन्छ त्यो पनि हेरी रहेछु । पशुपती बिकास क्षेत्र स्थापना काल पछी पसुपती मन्दिरको लाखौं रोपनी जग्गाको झुत्टा मोही खदा गरेर ज्यापुले कमाइ रहेका जग्गा समेत हद्पेर धेरै गैर ज्यापु धनी भाई सके । काठमान्दौमा अलिशान बङला, छोरा छोरी डाक्तर इनजिनिएर बनी सके ।
सात पुषतालाई पुग्ने अकुत सम्पत्ती जोदेका उनी हरुका ताम्र पत्र, थ्यासफु र शिला पत्र मा लेखे झै शिवश्व: खाएकै कारण बन्स बिनास सम्मका दुर्घतना भै सकेको कथा थुप्रै को छ ।
सात पुषतालाई पुग्ने अकुत सम्पत्ती जोदेका उनी हरुका ताम्र पत्र, थ्यासफु र शिला पत्र मा लेखे झै शिवश्व: खाएकै कारण बन्स बिनास सम्मका दुर्घतना भै सकेको कथा थुप्रै को छ । पशुपती बिकास कोश ले पसुपती मन्दिरको सर्बस्व सम्पत्तीको हिनामिना के कती गर्यो पुरातत्व विभाग र गुठी संस्थानमा अभिलेख बाँकी नै छ वा बेपत्ता पारी सके त्यो खोजी गर्ने काम म खोज पत्रकारिता केन्द्रलाई जिम्मा लाउछु ।
तर पसुपती मन्दिरको जग्गा मात्र हदप्ने हो वा त्यो मन्दिर वरीपरीको मन्दिरहरुको स्याहार सम्भार र सम्रछ्एन पनि गर्ने हो ? एदी कोशले नेवा सभ्यताले बनाइ दिएको यो मन्दिर, कोश निकम्मा भएकै हो र पुनर्निर्माण गर्न नसक्ने हो भने कोश पूर्ण रुपमा अब नेवा समुदायेलाई जिम्मा दिने हो , नदिने हो भने खोसेर कसरी लिने हो नेवा दे: दबु, ज्यापु महा: गुठी लगायेतले गर्ला आशा गरौ ।
विश्व सम्पदा सुचीमा रहेको पशुपती मन्दिर परिसरको यो विश्व रुपाको मन्दिर आज भन्दा २२ बर्ष २०५५ साल जेठ् महिनामा पनि उपेछित रहेकै कारण दिक्क लागेर यो खोजी पत्रकारिता गरेथे । शारथी साप्ताहिकमा तत्कालिन सम्पादक श्री युबरज गौतम र मेरा श्रद्धय गुरु श्री राम सिंह बस्नेत शहितको टिमले यो रिपोर्ट प्रकासित गरी दिनु भएको थियो ।
म भर्खर १० महिने पत्रकारिता पढदै गरेको विद्यार्थी थिए, मात्र तीन महिना हुँदै थियो तालिमको दिन । अरे अली शरम त गर पशुपति क्षेत्र बिकास कोशका राष्ट्र सेवकहरु । यो रिपोर्ट प्रकाशित पछी जिर्नोद्वार कामले तिव्रता लिएको मलाई याद छ । लु भयो पशुपती बिकास कोशलाई भुङ्रोमा हालौ, यो विश्वरुपा भगवतीको मन्दिर जङ बहादुरले बनाएर घण्टा समेत् चढायेको त्यहाको घण्टामा पढ्न सकिन्छ । राणा खानदानीका कुल देवी भगवती हुन विश्व रुपा, कम्तिमा आफ्नो कुलदेवीको रक्षा र सम्भार त गर हे बलभद्र कुँवर र जङ बहादुर राणा का शन्तती हरु ।