नेपालको इतिहासबाटनै महाकाली हराउने चलखेल – प्रथम भाग

कृष्णबहादुर थापा

Some excerpts of my forthcoming book :
इतिहासको प्रादुर्भाव देखिनै मानव सभ्यताहरु नदीहरुको किनारमा बस्दै आएका छन् I नेपालका ठूला ठूला नदीहरु कोशी, गण्डकी, कर्णाली र महाकाली आदि लगायत अनेक छन् I

यीनिहरुको विशिष्टता भनेको एउटा देशमा उद्भव भएर समुन्द्रमा मिसिनु अघि अर्को देशमा हुँदै बग्नु हो I यहाँनेर नेपालीहरुले बुझ्न पर्ने कुरा विश्वव्यापी मान्यता अनुसार जुन देशबाट नदी उत्पन्न हुन्छ त्यसलाई “पानीको मुहान हुने माथिल्लो देश (Upper Riparian State)” भनिन्छ तथा त्यो नदी समुन्द्रमा मिसिनु अघि बहँदै जाँदा पर्ने देशलाई “तल्लो तटीय देश (Lower Riparian State )” कहलिन्छ I
आजका मितिसम्म अन्तर्राष्ट्रिय कानुन/अन्तर्राष्ट्रिय अध्यादेश अनुसार “पानीको मुहान हुने माथिल्लोदेश” हरुलाई आफ्नो देशमा उत्पन्न हुने पानीलाई आफूखुशी प्रयोग गर्न पाउने पूर्ण अधिकार र स्वतन्त्रता प्रदान गरेको छ I ती अन्तर्राष्ट्रिय कानुन/अध्यादेशहरु भनेको “हेलसिन्की कानुन १९६६’ तथा संयुक्त राष्ट्र सङ्घले सन् १९७७ मा अन्तर्राष्ट्रिय जलको पथ-निर्देशन बारे जारी गरेको अध्यादेश आदि हुन् I
अन्य देशका शासकहरु र त्यहाँका बुद्धिजीवीहरु कति दुरदर्शी हुन्छन र योजनाबद्ध किसिमले देशको विकास गर्छन भन्ने सन्दर्भमा हाम्रो उत्तर र दक्षिण दुवै छिमेकीको आन्तरिक रणनीति बुझ्न पर्ने हुन्छ I अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र सङ्घले जारी गरेको अध्यादेशले दिएको पूर्ण अधिकार अनुसार चीनले आफ्नो देशमा रहेको नदी “यारलुन्ग जान्गपो (Yarlung Tsangpo)” जो बग्दै गएर भारतमा पुग्दा “ब्रह्मपुत्र” नदीको नामले प्रसिद्ध छ र जो उत्तर दिशाबाट दक्षिण दिशातिर बग्ने गर्दथ्यो, त्यसको पथ-परिवर्तन गरेर दक्षिण दिशाबाट उत्तर दिशातर्फ मोडी दिने योजनामा कार्यरत छ I आफ्नो देशमा अवस्थित खेतहरूमा कृषिको उत्पादन बढाउन जल-सिंचाई गर्नु पर्ने भएकोले चीनले यसो गरेको हो I चीनले ठाउँ ठाउँमा जलाशय र नहर मार्फत आफ्नो देशलाई चाहिने पानी सुरक्षित गरेको छ I चीनले यसरी आफ्नो नदीको पानीलाई सदुपयोग गरी रहँदा फेरि उता भारततिर भने पानीको मात्रा घट्ने हुँदा भारतको चिन्ता बढेको छ I भारतले चीनद्वारा यसो गर्न मिल्दैन भनि अन्तर्राष्ट्रियस्तरमै चीनलाई दबावदिने वातावरण बनाइ रहेको छ I
भारत मात्र नभई सम्पूर्ण एसियानै कसरी जल सङ्कटमा पर्दैछन भन्ने सम्बन्धमा “वाटर : एसियाज न्यु बेटलगराउन्ड” भन्ने पुस्तक लेखेबापत ‘बर्नर्ड स्क्वार्ज पुरस्कार’ बाट सम्मानित भारतीय सुरक्षा सम्बन्धी चिन्तक एवं रणनीतिकार बी. चेलानीले निम्नानुसार खुलासा गर्नु भएको छ :
“Asia is at the center of the global water security challenges at a time when water is poised to outstrip oil as the world’s scarcest vital resource. Water – closely tied to food, energy and climate change has gone from being an economic issue to becoming security issue…..Water scarcity now affects more than two-fifths of the people on earth, but by 2025, two-thirds of the global population is likely to be living in water-scarce or water-stressed conditions. And the majority of the world’s people living in water-related despair will be in Asia…..The rise and fall of powers in Asia could be influenced by water in much the same way that oil in the past century played a key role in determining the ascent or decline of states. (विश्वमा अभावग्रस्त हुदैँगइरहेको अतिआवश्यक स्रोत तेल (पेट्रोलियम )लाई उछिनेर, जल (पानी) अतिआवश्यक हुने तरखरमा भइरहेको बेलामा ‘एसिया’ वैश्विक जल सुरक्षाको चुनौतीको केन्द्रबिन्दु भएको छ I भोजन, उर्जा र जलवायु परिवर्तनसँग जोडिएको जल (पानी), आर्थिक समस्याबाट हटेर, सुरक्षाको समस्या बन्न पुगेको छ I पानीको सङ्कटले विश्वको जनसंख्याका २/५ जना मानिसहरुलाई अहिले असर गरी रहेको छ तर सन् २०२५ सम्म विश्वको जनसंख्याका २/३ जना मानिसहरु पानीको अभावमा कि त पानीको अभावले तनाबग्रस्त भई बाँच्ने छन् I तथा पानीको संकटले निराशावादी बनेका विश्वका मानिसहरुको संख्यामा धेरैजसो ‘एसिया’ मा हुनेछन I…..जसरी विगत शताब्दीमा तेल (पेट्रोलियम )ले राज्यको अवरोह र अवनतिको निश्चितता तय गर्दथ्यो सोहीअनुसार अब शक्तिराष्ट्रको उत्थान र पतन जलबाट प्रभावित हुन् सक्छ (चेलानी, बी. : सन् २०११ : पृ. ८) I”
भारतमा पानीको अभावको स्थिति कतिसम्म भयङ्कर छ भन्ने सम्बन्धमा बी. चेलानीले आफ्नो पुस्तकमा निम्नानुसार स्पष्ट गर्नु भएको छ ;
“The water situation in India appears the most ominous because of a dramatic decline in water availability for development during the past three decades (विगत तीन दशकदेखि आश्चर्य ढङ्गले विकासको निम्ति जलको उपलब्धिमा ह्रास आउनाले भारतमा जलको स्थिति प्रति अशुभ सङ्केत दिई रहेको छ (चेलानी, बी. : सन् २०११ : पृ. १६) I”
हाल पानीको अत्यधिक अभाव झेली रहेको भारतले भविष्यमा हुने सुक्खाबाट हुन् सक्ने क्षतिबारे चिन्ता मात्रै गरेको छैन यस कुराको विकरालरुप बुझेपछि एक जना अवकाश प्राप्त भारतीय जनरल यस. पद्मानभनले सन् २०१४ मा प्रकाशित भएको आफ्नो पुस्तक “नेक्स्ट चीन-भारत वार : वर्ल्डस् फर्स्ट वाटर वार-२०२९ (Next China-India War : World’s First Water War-2029)”, मा चीनसित भारतको युद्ध सन् २०२९ मा हुन्छ भनेर ठोकुवासमेत गर्नु भएको छ I हालसालै घटेको चीन तथा भारतबीचको झडपले पनि यो पुष्टि गरेको छ I त्यहाँ पनि झडप गलवान नदी र त्यहाँ अवस्थित प्राकृतिक रुपमा बनिएका ठूलाठूला जलाशयहरुको पानी माथिको अधिकार सुनिश्चित गर्न हो I
जलवायु परिवर्तन र भूमिगत जल-भण्डारको अनुचित दोहंनले अहिले विश्वमा पानीको सङ्कट बढेर गएको छ I भोलिका दिनहरुमा खेतीको सिँचाई त पर जाओस पिउने पानीकै अभाव भयङ्कर होला जस्तो छ I हाम्रो देशमा पानीको महत्व नबुझेर सित्तैमा खेर गइरहेको देखिन्छ जबकी छिमेकी भारतमा पानीको हाहाकार मच्चिएको छ I त्यहाँ पानीको अभावले कतिसम्म अप्ठ्यारो परेको छ भन्ने सम्बन्धमा भारतीय प्रसिद्ध पत्रकार पत्रलेखा चटर्जीले ‘नयाँपत्रिकाडेलीडटकम’ मा २०७६ जेठ २७ को दिन, प्रकाशित उनको लेखमा निम्नानुसार वर्णन गर्नु भएको छ ;
“सुक्खा प्रारम्भिक चेतावनी प्रणाली (डिइडब्लुएस)का अनुसार भारतको झन्डै ४२ प्रतिशत भूभाग असामान्य रूपमा सुक्खापनको चपेटामा छ । यो पछिल्लो वर्षको तुलनामा ६ प्रतिशतले बढी हो (चटर्जी, पत्रलेखा : वि.स. २०७६ : पृ. १) I” क्रमशः…..

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →