लोकेन्द्र जि सी
कुनै उदेश्य बिना मडारिइरहेछन
कुनै औचित्य बिना बटारिइरहेछन
ठेलाठेल पेलापेल र झेलाझेल गर्दै लडिरहेछन
कुनै गन्तब्य बिना बढिरहेछन
ती औचित्यहिन काला बादलका झुप्पाहरु।
गर्जन्छन फेरि आकसमा धाबा बोल्दै
चट्याङ पार्दै मौनतालाई डोल्दै
चड्किरहन्छन आफैमा फेरि
तड्पिरहन्छन आफैमा फेरि
छद्मभेसी ती बादलका झुप्पाहरु।
हे तिमी बादल रुपि झुप्पाहरु हो
किन आज छिन्नभिन्न भएर
एक्लै एक्लै भौतारिइरहेछौ?
घोरिया परेर नमिले झै
किन तिमी साठो परी बटारिइरहेछौ?
कुनै अस्तित्व छैन तिम्रो यहाँ ,
कुनै महत्त्व छैन तिम्रो यहाँ ,
ती कलिला पालुवाको सराप सहनु सिबाय।
तिम्रै गड्बडाइले नै झटारो पनि सहिरहेछन।
फुल्न नपाउदै कोपिला मै झरिरहेछन ती पालुवाहरु।
कुनै इज्जत छैन तिम्रो यहाँ
जबसम्म छिन्नभिन्न ती झुप्पाहरु
मिसिएर फिजिएर,धर्तीलाइ नै ढाकिकन
एकै साथ वर्षा बनी बर्षने छैनौ।
जब सम्म ती,
ताल पोखरी कुवा अनि झरनाहरु
मिसिएर पहाड छेड्दै नदि बनी बहने छैनौ
देशमा खडेरी परिरहेछ
झन पछि झन मरुभूमि पल्टिइरहेछ
कलिला पालुवा सुकिसकेछन
न्याउली र काकुल कुर्लिरहेछन
पानी बिनाका माछाहरु
सुख्खा बगरमा छट्पटाइरहेछन
सारा जीव जगत नै फट्फटाइर्हेछन।
यस्को जिम्मा तिमिहरुमा नै छ
सोडेनी बोक्सीनी आफै बन्नुछ।
त्यसैले
छिन्नभिन्न झुप्पा हरु उड्दै उड्दै आउ
पुर्बाहग्रह सब त्यागेर जुट्दै जुट्दै जाउ
अनि जताततै फिजिएर पृथ्वीलाई ढाकिदेउ
त्यस पछि बर्षा बनी एक साथ बर्षीदेउ।
त्यो बर्षाले भल बनी
गाउँ सहरको फोहोर मैला बगाएर लानेछ
मरुभूमि जताततै हराभरा हुँदै जानेछ
यहि छ आज नेपाली भुमिको चाहाना
सोही हुँदै जावस प्रभु यहिछ मेरो कामना।।।
प्युठान