नि:स्वार्थी छिमेकी – भाग २

कृष्ण बहादुर थापा

Some excerpts of my forthcoming book :- राज्यसत्ता चलाउनेहरुले विवेकशील सोचाई र निर्णय गरे भने सबैलाई राम्रो हुने गर्छ, आफ्नो देश मात्रै हैन दक्षिण एसियाका

सबै मुलुकहरु शान्त, सुरक्षित, समृद्ध र समुन्नत बन्न सक्छन I यसको उदाहरणको लागि भारतकै दृष्टान्त प्रयाप्त छ I भारतीय काङ्ग्रेस सत्तामा रहुञ्जेल नेहरु र इन्दिरा गान्धीको साम्राज्यवादी सोच, विस्तारवादी नीति र अनावश्यक हस्तक्षेप गर्ने गरेकाले नेपाल मात्रै हैन सम्पूर्ण दक्षिण एसियाका यसका सँधियारहरु पीडित थिए तर सत्ता परिवर्तन पछिको छोटो समयमा केहि राहत मिलेको थियो I सोभियत रुसको पतन पछि र ३१ अक्टुबर १९८४ मा इन्दिरा गान्धीको मृत्यु पछि, सत्ता परिवर्तन भएर भारतका गृहमन्त्री इन्द्रकुमार गुजरालले भारतीय विदेश नीतिमा बद्लाउ ल्याउनु भयो जसलाई ‘गुजरालद्वारा प्रतिपादित सिद्धान्त’ (Gujral Doctrine) भनिन्छ I जुन सिद्धान्तको मर्म निम्नानुसार थियो ;
“As the largest nation in South Asia, India must show a big heart. With neighbours viz. Bangladesh, Bhutan, Maldives, Nepal and Sri Lanka, India must not ask for reciprocity, but should give all that it can in good faith and trust. No South Asian country would allow its territory to be used against the interest of another country. No country would interfere in the internal affairs of another. South Asian Countries should respect each other’s territorial integrity and sovereignty. Countries of South Asia must settle all their disputes through peaceful bilateral negotiations. The “Gujral Doctrine” sought to end India’s endless contestations with neighbours and offered to walk the extra mile in resolving longstanding problems. (दक्षिण एसिया कै ठूलो राष्ट्र भएका कारण भारतले बिशाल हृदय पर्दशन गर्नु पर्छ I आफ्ना सँधियारहरु, बंगलादेश, भुटान, माल्दिभ, नेपाल र श्रीलंकासित भारतले परस्पर आदानप्रदानगर्ने कुराबारे सोध्नु हुँदैन बरु आफुले दिनसक्ने सबै थोकहरु असल आस्था र भरोसापूर्वक दिनु पर्छ I दक्षिण एसियाका राष्ट्रहरुले आफ्नो भूमि अन्य राष्ट्रको विरुद्ध प्रयोग गर्न दिनु हुँदैन I कुनै पनि राष्ट्रले अरु राष्ट्रहरुको घरेलु मामिलामा हस्तक्षेप गर्नु हुदैन I दक्षिण एसियाका राष्ट्रहरुले एकार्काको स्वतन्त्रता र सार्वभौमसत्ताको कदर गर्नु पर्छ I कुनै पनि विवादलाई दक्षिण एसियाका राष्ट्रहरुले शान्तिपूर्वक द्विपक्षीय संवादद्वारा समाधान गर्नु पर्छ I ‘गुजरालद्वारा प्रतिपादित सिद्धान्त’ (Gujral Doctrine)ले भारतको आफना सँधियारहरु सँगको अन्तहीन प्रतिस्पर्धालाई अन्त्य गर्न खोजेको थियो तथा लामो समयदेखि विवादित समस्याहरुलाई समाधान गर्नतर्फ अतिरिक्त प्रयास गर्ने प्रस्ताव पनि राखेको थियो {https://www.gktoday.in/gk/gujral-doctrine/}) I”
गुजराल पछि गएर प्रधानमन्त्री पनि हुनु भयो र दक्षिण एसियामा शान्तिस्थापना गर्ने तर्फ उन्मुख हुदैँ भारतको विदेश नीतिलाई अझ परिष्कृत गर्नु भयो I मार्च १९९८ मा उनको सत्ता ढलेपछि त्यहाँ हाल सम्म बनेका सरकारले फेरी पूरानै साम्राज्यवादी सोच, विस्तारवादी नीति र अनावश्यक हस्तक्षेप गर्ने विदेश नीति अवलम्बन गरेर नेपाललाई बेस्सरी दुख दिएको छ I यता नेपाल तर्फ वि.स. २०४६ मा उसैको सहयोगमा भएको आन्दोलनले सत्ता परिवर्तन भयो I प्रजातन्त्रीय नयाँ सरकार बनेपछि भारतकै हुकुम र षड्यन्त्रमा नेपाललाई आत्मनिर्भर बनाउने उद्ध्योग कल-कारखानाहरु कौडीको मोलमा बेचबिखन गरियो I ती उद्ध्योग कल-कारखानाहरुमा कार्यरत लाखौं नेपालीहरुलाई बेरोजगार बनाउँदै विस्थापित गरियो I त्यसरी विस्थापित भएका नेपालीहरु धेरैजसो भारतमा गएर निम्नस्तरका कामहरु जस्तै, चौकीदारी, होटलमा बर्तनमाज्ने, धनीहरुको घरमा नोकरभएर बस्न बाध्य भए I लाखौंको संख्यामा खाडीमुलुकहरुमा भास्सिए I यसरी नेपालको अर्थ-व्यवस्थालाई ध्वस्त बनाएर नेपाललाई आफ्नो बजार बनाउनमा भारत सफल भयो I सोझासाझा नेपालीहरुलाई के थाहा कि उनीहरुलाई विस्थापित गर्नुमा उनीहरुले नै वोट दिएर जिताएका नेताहरुको हात छ भनेर I
दक्षिण छिमेकीपरस्त ती राजनीतिक दल एवं नेताहरुको दासत्ववादी सोच तथा मालिक रिझाउने प्रवृतिले पनि उनीहरुलाई विस्थापित गर्ने ठूलो भूमिका खेलेको छ भनेर I यसरी केही सीमित स्वार्थी राजनीतिज्ञहरुले पार्टी कब्जा गरेर भारतको गुलामी गर्दा आज सिङ्गो नेपालनै धरापमा परेको छ I क्रमशः

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →