स्वर्णिम चाँदनी
मैले उहालाई प्रश्न गरे
”कति भयाे तपाईं जनयुद्दमा हाेमिएकाे??”
परिस्काररहित झिनाे स्वरमा उनले भनिन्,
”त्यस्तै दुई पुस्ता गुजार्ने बेला भयाे!”
याे प्रश्न गर्दा अाफैलाई कुरा गरे जस्ताे लाग्याे,
खै त्यसपछि मेराे बाेली बाहिर अाएन्,
तिनकाे ह्रदयमा मेराे शब्दले प्रेम हाेईन,
जनयुद्दकाे अागाे दनदनी दन्के झै लाग्याे।
तैपनि,
जीवनमा अाएकाे पहिलाे प्रश्नले अाधात गर्याे कि?
साेचे,म कहा पुग्नु थियाे बस बीचैमा छुटेछ,
घमासान युद्दबाट नया जीवनबाट फर्के झै भयाे, हरेक साेचाई र बाेलाईमा द्वन्द थियाे उनकाे।
म सर्वहारा श्रमजीवी नागरिक बन्न चहान्थे,
तर!
म ढाेगीहरुकाे सस्कारमा हुर्के,
ढाेगीहरु मौकामा चरित्र देखाईहाल्छन्,
म मा सैध्दान्तिक ज्ञान नहुदा, प्रशिक्षण नहुदा त,
क्रान्तिकारी राेमान्स भरिएकाे छ।
एउटा साहसी याेद्दा साहसी हुनु जति अावश्यक छ,
त्यति नै विद्वान्हरु मौलिक र सचेत हुनु छ,
हामी लाेभलालच र भयबाट मुक्त हुनुछ,
अनि मात्र मूल्याङ्कन हुनु पर्छ त्याे मूल्याङ्कन
अाफ्ना निम्ति हाेईन समाजका निम्ति बाच्नेकाे मूल्याङ्कन, जुन जनताकाे बिजयबाट प्राप्त हाेस्,
कि त,
याेद्दाकाे साहसबाट,
कि त मान सम्मानबाट,
म पनि कुसस्कार र बिसगतिकाे बाटाे छिचाेल्दैछु,
घनघाेर जङ्गलकाे बाटाेबाट,
कारण!
म एक जनयु्द्दकी अवतार हु!
एक महान युद्दकी अवतार!!