आखिर रहेछ श्रीकृष्ण एक,

मीरा राजभण्डारी आमात्य
न भक्ति भो, ज्ञान, नभो विवेक…….६१ औ स्मृतिमा श्रद्धासुमन महाकविज्यू प्रति
हार्दिक श्रद्धासुमन अमर महाकविमा कविमा । आइएमा नेपाली भाषा बिज्ञान र साहित्य पढ्दा महाकबी देवकोटा ज्युको यो कबिताको पन्क्तीको आधार मा देवकोटा

आस्तिक थिए वा नास्तिक भन्ने बिसये मा तार्किक सप्रसँग व्याख्या गर्नु पर्थ्यो । जिबन भर बिपन्न का मुद्दा कबिताका रुपमा कोरेका कविवरको जिबन आँफैमा बिपन्न थियो । प्रानी मात्रलाई मानविय व्यबहार गर्नु पर्छ, भन्ने प्रेमका शब्द सन्जालबाट वकालत गर्ने कविवर घरमा पालेका गाईलाई एक दिन एक खर्पन काउली ल्याएर खान दिनु भएछ, घरका मानिस छक्क, “घरमा पकाउन तरकारी छैन”, भन्दै हतार हतार केही काउली निकाल्नु भएछ देवकोटा बजैले, छेउमा कविवर भन्दै हुनुहुन्थ्यो रे, हामीमात्र मिठो तरकारी खाने हो र ? गाईलाई पनि त खुवाउनु पर्छ नि मिठो तरकारी कैले कैले रे, कतै पढेको । मुना मदन गिती कथामा तात्कालिन नेपाली समाजमा ल्हासा गएर पैसा कमाउन हिंडेका मजदुर मदन र बाटोमा बिरामी परेर अलपत्र परेका उनलाई सेवा गरेर जिबन दान दिने भोटे प्रतिको प्रेम र श्रद्धाले उब्जेका कथा प्रसँगले तात्कालिन समाजमा भएका जातिये बिभेद, धनी – गरीब, उच- निचलाई मुना- मदन गिती कथाले मानिस हरुका मर्म मर्ममा प्रहार गर्‍यो। समाजमा भएका बिक्रिती – बिसंगती, राज्य सरकारको गलत नितीदेखि हरेक बिधामा क्रान्तिकारी कबिता कथा कोरे देवकोटाले
“छेत्रिको छोरो , यो पाउ छुन्छ, घिन ले छुदैन
मानिस ठुलो दिल ले हुन्छ, जात ले हुँदैन …..”
जे सुकै भन्नुस्, हतियार बोकेर रण भुमी को मैदानमा जाइ लाग्ने योद्धाको महत्व जती हुन्छ, त्यसको हजारौ गुणा कलमको हतियार चलाएर मन मस्तिस्कमा क्रान्ति ल्याउने कवी – योद्दाको योगदान अधिक हुन्छ । तर बाचून्जेल गदर नहुने, नखोज्ने स्माज र मृत्‍युपर्यन्त भये पनि सम्मान गरेकोमा आलोचना होइन, मानविय स्वभाव र निएती मान्नु पर्छ भनौ । मान्यवर महाकवी देवकोटालाई हार्दिक श्रद्धानजली फेरी पनि ।
photo@ कृष्ण अबिरल
संसार रुपी सुख स्वर्गभित्र,
रमें रमाएँ लिइ भित्र चित्र।
सारा भयो त्यो मरुभूमि तुल्य,
रातै परे झैं अब बुझ्छु बल्ल।
रहेछ संसार निशा समान,
आएन ज्यूँदै रहँदा नि ज्ञान।
आखिर रहेछ श्रीकृष्ण एक,
न भक्ति भो, ज्ञान, नभो विवेक।
महामरुमा कण झैं म तातो,
जलेर मर्दो बिन आश लाटो।
सुकी रहेको तरु झैं छु खाली,
चिताग्नि तापी जल डाल्न फाली।
संस्कार आफ्नो सब नै गुमाएँ,
म शून्यमा शून्य सरी बिलाएँ।
जन्मेँ म यो स्वर्गविषे पलाएँ,
आखीर भै खाक त्यसै बिलाएँ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →