लघुकथा : लगन गाँठाे

~डा. विदुर चालिसे
विजयले अजितालाई एकदिन लामाे समयकाे प्रेम सम्बन्धपछि विहेकाे प्रस्ताव राख्याे ।
–“अब हामी प्रेम बन्धनमा बाँधिएकाे दस वर्ष भयाे। हाम्राे पनि पढाइ सकियाे । दुवैजना सक्षम पनि छँदैछाैँ । विवाह बन्धनमा बाँधियाैँ !


विजयकाे यस्ताे प्रस्तावले अजिता लज्जाबाेधले झैँ मुस्कुराएर भनी ।
–“सबै कुरा मिल्छ भने तयारी गराैँ न त !”
सबै कुराकानी मिलाएर वातावरण बन्याे । सबै पक्ष राजीखुसी भए । विजयले एकदिन साथीहरूलाई आफ्नाे राेचक प्रेमकथा र विहेकाे बारेमा गफ लगायाे ।
–“जाम पासवर्डकाे मेराे आइडी खुल्ने भाे !”
सबैजना गलल्ल हाँसे । उनीहरूले विजयकाे विहेकाे मजामा उसलाई हाैस्याए ।
–“दस वर्षपछि खुलेकाे पासवर्डकाे कार कस्ताे आउँछ त ?”
घर फर्केकाे विजयकाे मनमा एकाएक अजिताकाे बाबुले दिने दाइजाेकाे कार चढेर विहेमा अन्मिने र साथीहरूलाई देखाउने इच्छा जागृत भयाे । भाेलिपल्ट आफ्नाे इच्छा सबै अजिताकाे कानमा खासखुस गरेर सुनायाे । उ केही बाेलिन तरपनि उसले पारिवारिक हैसियतसँग सम्झाैता गर्दै आफ्नै जीवन छेउ ठूलाे निर्णय गर्न बाटाेमा बर्बराउन पुगी ।
–“उसकाे प्रेम ! कार ? कि अजिता ??”
तरपनि उसले विहेकाे दिनसम्म चाँ चुँ नगरिकन सबै व्यवस्था गर्न परिवारसँग राेइकराई गरी। दुखले हाेस वा सुखले अजिता मनमनै पाकिरहेकी थिई । भव्य लावालस्करकाे साथमा जन्ती आयाे । एकसे एक भद्र भलाद्मीकाे जमघटका बीच विजयले अजितालाई सिन्दुर हाल्न पण्डित मन्त्र पढ्दै थिए । विजयले फुस्राे सिन्दुर हातमा समाएर अजितातर्फ कानेखुसी फुक्याे ।
–“अरू सबै चिज दाइजाे छ ! तर कार चाहिँ त देखिन नि ?”
अजिताकाे मुख राताे भयाे । पण्डितले अजिताकाे राताे चेहरा देखेपछि ठट्टा गरेर भने ।
–“लगनकाे समयमा पनि कस्ताे प्रेम हाे ?, सिउँदाेमा सिन्दुर त पराेस्, आज त पहिला सिउँदाे हाल्ने अनि बाँकि कुरा पछि !”
अजिताकाे मनकाे अदम्य साहस जुरूक्क उठ्याे ।
–“हीन मानव !”
बाजाहरू बजिरहेका थिए । उसले एकाएक आफुले लगाएका लुगाहरू सबै फुकाली र भित्र रहेकाे कारलाई बिस्तारै छेउतिर ल्याई । अनि उसले विद्राेही इनामकाे घाेषणा गर्दै भनी ।
–“लगन गाँठाे कसिएकाे यै हाे, लाै ! सिउँदाे हालेर लगन गाँठाे समातेर लैजानु । अब यस पापीसँग मेराे प्रेमकाे चरा मर्याे ।”
हाेहल्ला, आतस, शङ्का, निराशा, अपमान, सन्नाटा, वेदना र आक्राेसका बीचबाट अजिता जुरूक्क उठेर हिंडी । पछिपछि लागेका उसका आफन्तहरूले उसलाई चारतला मुनि खाेँचमा भेटे । खान तलासी गर्दा उसकाे हातमा एक टुक्रा कागजकाे चिर्कटाेमा लेखेकाे भेटिएकाे थियाे ।
–“स्वार्थी दुनियामा चाेखाे प्रेमकाे मृत्यु !”
विजयकाे जन्तीकाे जुलुस शाेकमग्न विहेकाे कारसँग रिसले गुडिरहेकाे थियाे । उनीहरूकाे कालाे र निलाे चेहराले बधुकाे भित्रिने साइत कुरिरहेकाे थियाे। बुझेर कुरा काट्नेहरूले ओठ फर्काएर भने ।
–“लगन गाँठाे राम्रै बाँधिएछ !”

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →