लघुकथा -रक्षा

त्रिलोचन ढकाल
आनन्दआश्रम, फापरथुम स्याङ्जा

सिङ्हले गाउँ सखाप पारेको थियो ।
किसानमा आक्रोश जागृत हुनु स्वाभाविक थियो । उनीहरू बोल्न थाले-

“सबभन्दा पहिला गाउँमा कुकुर भुक्न छोडेका थिए ।”
” अनि भेडा र बाख्राहरू आहारा बने । खोरहरू सबै रित्तिएका छन् ।”
“फाट्ट फुट्ट भएका गोरुहरू पनि समाप्त भए ।”
“मेरा त बिराला र कुखुरा समेत कराउन छोडे ।”
“भैँसी त छन् भनेर चित्त बुझाएको थिएँ । तीमाथि पनि चट्टानी पञ्जा वर्सिन थाले ।”
आक्रोशले कब्जा गरेको थियो जनमन । बन्दुक हरूले काँधमा स्थान ग्रहण गरेको देखियो ।
त्यही समयमा सुट, बुट र टाई लगाएका शिक्षित जस्ता देखिने मानिसको प्रवेश भयो । उनले भने-
“ए ! पख पख !! सिंहले बाँदरबाट तिम्रो रक्षा गरेको छ ।”

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →