नि:स्वार्थी छिमेकी – भाग ३

कृष्णबहादुर थापा
Some excerpts of my forthcoming book : भारतका भूपू प्रधानमन्त्री इन्द्रकुमार गुजरालले भारतीय विदेश नीतिमा बद्लाउ ल्याउने ‘गुजराल सिद्धान्त (Gujral Doctrine)’ प्रतिपादन गरेर

दक्षिण एसियामा शान्ति स्थापना गर्ने जुन साहसिक कार्य गर्नु भयो त्यस्तै भावना राख्ने भारतका भूपू प्रधानमन्त्री अटलविहारी बाजपेयी पनि हुनहुन्थ्यो I उहाँले भारतीय लोकसभामा इन्दिरा गान्धी कै विदेश नीतिबारे आफ्नो असन्तुष्टि पोख्नु भएको थियो जसको खुलासा चर्चित पत्रकार, कुटनीतिज्ञ एवं राजनीतिज्ञ भूपू परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले आफ्नो पुस्तक “कुटनीति र राजनीति”मा निम्नानुसार गर्नु भएको छ ;
“असंलग्न राष्ट्रहरुको दिल्ली शिखर सम्मेलनले विकासोन्मुख देशहरुको हितलाई प्रतिनिधित्व गरेर जारी गरेको घोषणापत्रले विश्व शान्तिका लागि न्यायसङ्गत र औचित्यपूर्ण विश्वव्यवस्थाको आवश्यकतामा जोड दियो I भारत नियोजित रुपमा नेपालप्रति शङ्कालु नीति अपनाउनु थालेको थियो I त्यही पृष्ठभूमिमा २०३९ चैतमा भारतले आयोजना गरेको दक्षिण-दक्षिण बैठकको कटु अनुभव पनि स्मरणीय छ I बैठकमा नेपाललाई सहभागी नगराउने निर्णय गरेको मात्र होइन, संसदमा भारत सरकारले ‘स्वतन्त्रता र सार्वभौमसत्ताका आधारमा नेपालसँगको सम्बन्ध बनाउन भारतलाई अप्ठयारो महसुस भइरहेको छ’ भन्ने वक्तव्य पनि दिएको थियो I यसबाट नेपाल भारतको अभिप्रायमै शङ्कालु भयो I नेपालले कूटनीतिक माध्यमबाट आफ्नो अप्रसन्नता भारतलाई सूचित गर्यो I त्यसपछि मात्रै २०३९ फागुन २ गते भारतले सम्मेलनका लागि बोलाइएको ३४ देशको सूचीसँगै नेपालसमेत थप १० देशहरुको सूची सार्वजनिक गरेपछि नेपालले सम्मेलनमा भाग लियो I इन्दिरा सरकारको त्यो व्यवहारको नेपालमा मात्र होइन, भारतको संसद् मै तीव्र आलोचना भएको थियो I संसदमा प्रतिपक्षका नेता अटलविहारी बाजपेयीले लोकसभामा भन्नु भयो – ‘सरकारले छिमेकीहरु, खास गरी पाकिस्तान, नेपाल र बङ्गलादेशसँगको सम्बन्ध संचालनमा देखाएको प्रवृतिमा मेरो सहमति छैन I भारतले छिमेकीहरुलाई रुष्ट पारेर गरेको दक्षिण-दक्षिण संवाद निरर्थक भएको छ I…..भारतको अप्रसन्नता त्यसबेला सार्वजनिकरुपमै खुलस्त भयो, जब राजा वीरेन्द्र शिखर सम्मेलनमा बोल्न मन्चमा आउदा इन्दिरा गान्धी अध्यक्षको आसन छोडेर बाहिर निस्कनु भयो (पाण्डे, रमेशनाथ : वि.स. २०७२ : पृ. १७७-१७८) I”
यो क्रियाकलापले एकातिर इन्दिरा गान्धीले आफ्नो असभ्यताको परिचय दिइन भने अर्कोतिर एक घटनाले अटलविहारी बाजपेयीको भद्रताले उनि एक सज्जन र विवेकशील पुरुष भएको प्रमाणित हुन्छ I त्यो घटनाको बारेमा चर्चित विद्धवान पत्रकार युवराज घिमिरेले इण्डियनएक्सप्रेसडट्कममा सन् १८ अगस्त २०१८ मा प्रकाशित आफ्नो लेख
“वाजपेयी टचड किंगस फिट” मा निम्नानुसार खुलासा गर्नु भएको छ ;
“Soft corner for Nepal: When Vajpayee touched king’s feet.
“(Your) Excellency, it is perhaps against the norms of diplomacy,” King Birendra had said, in a low voice, taken aback by Atal Bihari Vajpayee, then India’s External Affairs Minister, touching his feet during a courtesy call at Narayanhiti Royal Palace in Kathmanu in 1977. “Your Majesty, this Atal remains firmly unshaken in favour of someone pursuing swadharma, rajdharma, truth, justice and dedication,” Vajpayee had responded, recalls Rama Singh, one of the two mediapersons from the Nepal government-owned Nepal Television who had been given access to the meeting. (नेपालप्रति सदाशयता : जब वाजपेयीले राजाको पाउ छोए – सन् १९७७ मा भारतका तत्कालिन परराष्ट्र मन्त्री अटल बिहारी वाजपेयी नेपाल आउँदा नारायणहिटी राजदरबारमा शिष्ट भेटघाट गर्ने सिलसिलामा राजा विरेन्द्रको पाउ छुँदा, स्तब्ध हुँदै राजा वीरेन्द्रले सुस्तरी भन्नु भयो, ‘महामहिम, यो त कुटनीतिको मर्यादा विपरित भयो कि ? महाराज, जुन व्यक्ति स्वधर्म, राजधर्म, सत्यता, न्याय र समर्पणप्रति कटिबद्ध छ ऊ प्रति यो अटलविहारी दृढतापूर्वक अविचलित रहन्छ, बाजपेयीले जवाफ दिए, रमासिंहले विगत सम्झिन्दै भनिन, राजदरबारले नेपाल टीवीका दुईजना मेडिया व्यक्तित्वहरुलाई यो मिटिङ्गको निम्ति प्रवेशाज्ञा दिएको थियो जसमध्येकी उनी एक थिइन् (घिमिरे, युवराज : सन् २०१८ : पृ. १) I”
भारतको नियत नेपालप्रति कति दुषित छ र हाम्रो राज्यसत्ता चलाउनेहरुले नेपालीहरुलाई कतिसम्म भर्ममा राख्ने गरेका छन् भन्ने कुरा ग्याँस आपूर्तिको पाइप लाइन म्यानमारबाट बङ्गलादेश भएर नेपालसम्म बिछ्याउने कुराको घटनाले पुष्टि गर्छ I जुन घटनाको बारेमा चर्चित पत्रकार, कुटनीतिज्ञ एवं राजनीतिज्ञ भूपू परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले आफ्नो पुस्तक “कुटनीति र राजनीति”मा निम्नानुसार खुलासा गर्नु भएको छ ;
“२०६२ मङ्गसिर २७ मा बिमस्टेकका परराष्ट्र मन्त्रीहरुको ढाका सम्मेलनमा मैले म्यानमारका परराष्ट्र मन्त्रीसँग भेटेर म्यानमारबाट बङ्गलादेश भएर भारतमा ग्याँस आपूर्तिका लागि पाइप बिछ्याउँदा बङ्गलादेश पुगेपछि एक लाइन पाइप नेपाल लग्ने अडान भारतसँग राख्न अनुरोध गरेको थिएँ I ऊर्जाका लागि वैकल्पिक स्रोत बनाउने यो प्रस्ताव नेपालको दिर्घकालिन हितमा थियो I म्यानमारसँग नेपालको सुखद सम्बन्ध तथा भारतका लागि ज्यादै जरूरी भएको ग्याँस आपूर्तिको पाइप बिछ्याउने कुरा व्यवहारिक र सम्भावित दुवै थियो I त्यसै दिन राति म्यानमारका परराष्ट्र मन्त्रीले त्रिपक्षीय (बङ्गलादेश, म्यानमार र नेपालका परराष्ट्र मन्त्रीहरु) को बैठक आयोजना गर्नु भयो I सो बैठकमा मेरो प्रस्तावलाई म्यानमारका परराष्ट्र मन्त्रीले जस्तै बङ्गलादेशका परराष्ट्र मन्त्रीले पनि स्वीकार गर्नु भयो I काठमाडौँ फर्किएपछि मैले आपूर्ति मन्त्रालयलाई यसबारे जानकारी गराउँदै नेपाली भूमिमा निर्माण गर्नुपर्ने पाइप लाइन बारे आवश्यक अध्ययन गर्न लिखित पत्र पठाएँ I बिमस्टेकको ढाका बैठकपछि म्यानमार र बङ्गलादेश दुवैले भारतका लागि ग्यासको पाइप लाइन बङ्गलादेश आएपछि एक लाइन भारततिर र अर्को लाइन नेपाल जाने सर्त भारतसँग राखे I तर भारतले सो प्रस्तावमा आनाकानी गर्यो I चार महिनापछि गिरिजाको नेतृत्वमा बनेको एमाले र माओवादी समेतका सात दलको सरकारले सो प्रयासलाई निरन्तरता दिएन I त्यसपछिका नेकपा र एमाले तथा नेपाली कांग्रेस र बहालवाला प्रधान न्यायधिश नेतृत्वका छवटै सरकारहरुले यसलाई अगाडि बढाउन चाहेनन् (पाण्डे, रमेशनाथ : वि.स. २०७२ : पृ. १७०) I”
नेपालमा पानी जहाज चलाउने कुरा बारम्बार उठी रहन्छ र त्यो सम्भव पनि थियो I तर भारतीय शासकहरुको नेपाल प्रतिको कुनियतले गर्दा त्यसो हुन् पाएन I नेपाल देखि बङ्गलादेशको समुद्रसम्म पुग्ने नदी बाटो बनाउने कुरालाई उच्चतम प्राथमिकता दिएर कुरा चलेको रहेछ तथा बङ्गलादेश नेपाललाई उदारतापूर्वक सहयोग गर्न उत्सुक पनि रहेछ तर भारतकै कुदृष्टिकोणले त्यसो हुन् सकेन र सक्दैन I यो भर्म पनि सम्पूर्ण नेपालीहरुले अब बुझ्न आवश्यक छ I यसको बारेमा चर्चित पत्रकार, कुटनीतिज्ञ एवं राजनीतिज्ञ भूपू परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले आफ्नो पुस्तक “कुटनीति र राजनीति”मा निम्नानुसार खुलासा गर्नु भएको छ ;
“भारत पहिलेदेखि नै दक्षिण एसियालाई नजिक ल्याउने जलमार्ग निर्माणको विरोधी छ I नेपाली काङ्ग्रेसमा गिरिजाको राजनीतिक संरक्षकको भूमिका लिएका भारतीय नेता चन्द्रशेखरसमेत जलमार्ग अवधारणाका कट्टर विरोधी थिए I उनको भनाइ थियो -“गङ्गा नदी नेपालबाट बहन्छ I यही बहानामा यदि नेपाल समुद्रसम्म पुग्नका लागि जलमार्ग चाहन्छ भने भारतमा कुनै पनि सरकारले स्वीकार गर्ने छैन I प्रकृतिको जलस्रोत जस्तो अपरिमित र असिम साधन आपसी सहयोगबाट मात्र उपयोग हुन् सक्छ, न कि कसैको मानसम्मान कुल्चेर (पाण्डे, रमेशनाथ : वि.स. २०७२ : पृ. ३१६-३१९) I” क्रमशः

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →