कृष्णबहादुर थापा
Some excerpts of my forthcoming book :
‘रअ’ का पूर्व-अधिकारी आर.के. यादवले आफ्नो पुस्तक ‘मिसन रअ’मा, ‘बङ्गलादेशको स्वतन्त्रताको मागलाई तत्काल समर्थन नगरेकोले इन्दिरा नेपालसँग निक्कै आक्रोशित भएकी थिइन् ।
उनले ‘रअ’का प्रमुख रामनाथ काओलाई नेपाल भारतमा कसरी गाभ्न सकिन्छ भन्ने विचार गर्न निर्देशन दिइन् । तदानुसार ‘रअ’का प्रमुख रामनाथ काओले त्यसका लागि नेपाल मिसन नै गठन गरेका थिए । सिक्किम पछि नेपाल विलय गर्ने इन्दिरा गान्धीको योजना रहेको थियो I नेपाल मिसनको उद्देश्य ‘सके सम्पूर्ण नेपाल भारतमा गाभ्ने नसके नेपालका निश्चित भागलाई भारतमा गाभ्ने विषयमा छलफल भएको थियो’ भनेर स्पष्टरुपमा खुलासा गर्नु भएको छ । जुन इन्दिरा गान्धीले नेपाल विलय गर्नको निम्ति ‘रअ’ का प्रमुख आर.एन.काओलाई अह्राएको थिइन् त्यही ‘रअ’ का प्रमुख आर.एन.काओसँग गिरिजाप्रसाद कोइरालाको राम्रो सम्बन्ध रहेछ जसको खुलासा विद्धवान तथा चर्चित लेखक जगत नेपालद्वारा लिखित “आफ्नै कुरा : गिरिजाप्रसाद कोइराला” पुस्तकको भूमिकामा चर्चित विद्धवान प्रा. कृष्ण खनालले निम्नानुसार वर्णन गर्नु भएको छ ;
“भारतसँग गिरिजाप्रसादको आफ्नै प्रकारको राजनीतिक सम्पर्क थियो I भारतीय राजदूतलाई भनेर इन्दिरा गान्धीलाई भेट्न जाँदै छु भन्दा बीपीलाई विश्वास थिएन I गिरिजाप्रसादले प्रधानमन्त्रीका सल्लाहकार तथा भारतको विदेश मामिला हेर्ने गुप्तचर निकाय ‘रअ’का प्रमुख आर.एन.काओलाई फोने लगाएर कुरा गरेको देखेपछी बीपीले दिल्ली जान हवाईजहाजको टिकट समेत किनिदिनु भएको थियो (नेपाल, जगत : वि.स. २०६७ : भूमिका) I”
वर्तमानमा विश्वको बदलिँदो परिवेश अनुसार एउटा देशले अर्को देशलाई आफुमा विलय गर्न प्रत्यक्ष
लडाइँ गर्ने सम्भावना लगभग असम्भव छ I प्रत्यक्ष लडाइँ गर्न ठूलो जनशक्तिको संहार हुन् सक्ने, असिमित पैसा लगानी गर्न पर्ने तथा अन्तर्राष्ट्रियस्तरमा आफ्नो छवि बिग्रनेको साथसाथै संयुक्त राष्ट्र सङ्घले हस्तक्षेप गर्नसक्ने हुने भएकोले प्रत्यक्ष लडाइँ गर्ने तर्फ चलाख र कुटिल शासक भएको देश यस्तो पाइला चाल्दैनन् I यसो गर्नु भन्दा बरु आफ्नो औकात भन्दा बढी महत्वाकांक्षी व्यक्ति, धन-लोलुप, भ्रष्ट र देशद्रोहीहरुलाई उपयोग गरेर आफ्नो राष्ट्रिय स्वार्थ पूर्ण गर्दछन I ‘रअ’ को प्रथम कार्य भनेको त्यो देशमा आफू अनुकुलका पात्रको पहिचान गर्ने जसले पैसा, पद र व्यक्तिगत स्वार्थको निम्ति देशप्रति गद्दारी गर्न सक्छ I त्यसपछि त्यस पात्रलाई निरन्तर भेटघाट गर्दै, सपना बोकाउँदै, उसको आवश्यकता पूर्ति गर्दै उसलाई पूर्णरुपले विश्वासमा लिइन्छ र त्यस पात्रबाट आफ्नो अनुकुलका देशद्रोही कार्यहरु सम्पन्न गरिन्छ I त्यसै क्रममा सर्वप्रथम उनीहरुले बीपीलाई प्रयास गरे I बीपीलाई नेपालमा राजतन्त्र अन्त्य गरी प्रथम राष्ट्रपति बनाइदिने प्रस्ताव गरे I यस कुराको पुष्टि विद्धवान लेखक जगत नेपालले आफ्नो पुस्तक ‘बीपीको विद्रोह’ मा निम्नानुसार गर्नु भएको छ;
“त्यो बेलाको धमिलो राजनीतिक वातावरणमा राजा र प्रजातन्त्रवादीलाई एकापसमा जुधाएर आफ्नो स्वार्थ पूरा गर्न विदेशी शक्ति सलबलाउनु अस्वाभाविक थिएन I त्यहि मौकामा बीपीकै निवासमा एक जना मानिसले राजतन्त्र अन्त्य गरी उनलाई नेपालको पहिलो राष्ट्रपति बनाइदिने प्रस्ताव गरे I काङ्ग्रेस नेता बलदेव मज्गैयाँलाई बीपी आफैले सुनाए, “कुनै शक्तिशाली व्यक्ति आएर मलाई भनेको छ – बीपी तपाई तयार हुनुभयो भने हामी राजतन्त्र अन्त्य गरी केहि समयभित्रै तपाइलाई मुलुकको पहिलो राष्ट्रपति हुने वातावरण बनाइदिन्छौ (नेपाल, जगत : वि.स. २०७५ : पृ. ३२५) ?”
तर सिक्किम विलयको पृष्ठभूमिमा राजतन्त्रको अन्त्य गरेर राष्ट्रपति बनाइदिने प्रस्ताव तथा वर्षौंदेखि भारतीय शासकहरुले बारम्बार खेलाई रहेको, पटकपटक धोका दिएको घटनाहरुलाई आत्मसात र विश्लेषण गर्दै विद्धवान बीपीले त्यो प्रस्ताव अस्विकार गरी दिए I तत्पश्चात अर्को पात्रको खोजीमा इन्दिरा गान्धीले गिरिजालाई बीपी बूढा भएकोले अब आफै अगाडि बढेर नेतृत्व लिन तम्साएको कुरा विद्धवान लेखक नवीन अर्यालले नेपालमेगडट्कममा २१ जुलाई २०१६ को दिनमा प्रकाशित आफ्नो लेखमा निम्नानुसार खुलस्त गर्नु भएको छ ;
“२०२९ सालतिर सशस्त्र आन्दोलनका लागि भारतबाट आर्थिक र नैतिक समर्थन माग्न बीपीका भाइ गिरिजाप्रसाद कोइराला इन्दिरा गान्धीलाई भेट्न गएका थिए । त्यतिबेला इन्दिराले बीपी बूढा भएको र अस्वस्थ रहेको बताउँदै उनलाई क्रान्तिको नेतृत्व गर्न भनेकी थिइन् । र, यसका लागि आफूले सहयोग गर्ने पनि उनले बताएकी थिइन् (अर्याल, नवीन : वि.स. २०७३ : पृ. १)।”
त्यो समयमा गिरिजाले भारतीय गुप्तचर संस्था ‘रअ’ को प्रेरणाले सुन र युरेयिनम तस्करी तथा विमान अपहरण गरेको घटनालाई जीवनको सबैभन्दा महत्वपूर्ण उपलब्धिका रूपमा लिँदै कान्तिपुर टेलिभिजनमा अन्तर्वार्ता मार्फत आफै पनि खुलासा गरेका छन् I सुन र युरेयिनम तस्करी गर्ने सम्बन्धमा विद्धवान तथा चर्चित लेखक जगत नेपालले “आफ्नै कुरा : गिरिजाप्रसाद कोइराला” पुस्तकमा निम्नानुसार वर्णन गर्नु भएको छ ;
“सुन र यूरेनियम तस्करी :-…..एकजना बम्बईका मारवाडी शर्मा सँग मेरो चिनजान थियो I उनले
काठमाडौँमा पाटपुर्जा ल्याएर घडी बनाउने काम गर्थे I२०१७ सालमा पक्राउ परेपछि जेलबाट छुटेका बेला उनले पनि मलाई सहयोग गर्थे I अरु मेरा साथी व्यापारीहरु थिए I उनिहरु पनि मलाई सहयोग गर्थे I तिनै शर्माजी (मारवाडी) बीचबीचमा बनारस आउँथे I एकदिन बनारस आएका बेला गिरिजाबाबु यति दु:ख रहेछ, भनेर ८-१० हजार पैसा दिए I धेरै त होइन दिएको त्यो ८-१० हजार तर त्यसलाई पनि लुकाएर राख्थेँ I सान्दाइ लाई देखाउँदिनथेँ I…..यसै बीच शर्माजीले एउटा प्रस्ताव लिएर आए I उनले भने, ‘यस्तो काम गरौं I तपाई ले बम्बईबाट सुन बाहिर निकालिदिनुपर्यो I’ मैले, ‘हुन्छ, तर कसरी ?’ भने I उनले भने, ‘म तीन वटा गाडी ल्याउँछु I त्यो बाडी पनि तपाई लिनुस् I नयाँ हुन्छ I तपाईलाई काम आउँछ I त्यसपछि तपाईलाई त्यो कसरी ल्याउने ? भनेर देखाउँछु I’ त्यसपछि उनी गए I पछि फेरि फर्केर आएर बम्बईको सबैभन्दा ठूलो होटेल ‘क्लार्क’मा बसेका थिए I ‘गाडी आ गया, चलिए देख्ने गिरिजाबाबु’, उनले भने I मैले भने, होटलमें देख्ना तो नही होगा I’ उनले भने, ‘नहीं नहीं होटल में नहीं, रास्ते में कहिँ देख लेगें I आपको तो यहाँ कि सभी रास्ते मालूम हैं ना Iकिस जगह जानेसे ठिक रहेगा ? त्यसपछि मान्छे नहुने ठाउँमा लगेर उनले मोटरको सिट अगाडिको भाग जहाँ हामि खुट्टा राख्छौं त्यो भाग खोलेर त्यहाँ टम्म राखेको सुन देखाए I तीनवटै गाडीमा त्यसरी सुन राखिएको रहेछ I गाडीहरु एकदम नयाँ थिए I उनले भने, ‘तपाईले केही गर्नु पर्दैन I यी गाडी बम्बईबाहिर निकालि दिए हुन्छ I बम्बईबाहिर लगिदिए हुन्छ I बम्बईबाहिर लगिदिए मात्र तपाईले मोटरमा भएको सुनको एक चौथाई भाग पाउनु हुन्छ I’ एक चौथाई (१/४) भनेपछि त धेरै हो I मैले ‘ठिक छ’ भने (नेपाल, जगत : वि.स. २०६७ : पृ. ९०-९१ ) I” क्रमशः