कृष्णबहादुर थापा
Some excerpts of my forthcoming book :
त्यसपछि शर्माजी भन्ने व्यक्तिले यूरेनियम तस्करी गर्ने फेरी अर्को प्रस्ताव गिरिजालाई राखेको रहेछ जसको बारेमा विद्धवान तथा चर्चित लेखक जगत नेपालले “आफ्नै कुरा : गिरिजाप्रसाद कोइराला” पुस्तकमा निम्नानुसार वर्णन गर्नु भएको छ ;
“शर्माजीले फेरि भने, ‘अच्छा गिरिजाबाबु, एक काम किजियेगा I पैसा नहीं है बोल रहे हैं I करोडौंका काम हो जाएगा I ये तो बिजनेस है I’ मैले भने, ‘आप करोडौंका बात करते हैं I हम हजारके लिए तड़प रहे हैं I’ त्यसपछि उनले आफूले ल्याएको सानो एउटा पोको दिँदै भने, ‘इसको पकड़िए तो I’ मैले हातमा लिएँ I एकदमै गरुङ्गो थियो त्यो I यसो खोलेर हेरें I माटो जस्तो देख्छु I एकदम चिसो माटो जस्तो I ‘क्या है ये ?’ भन्दा त ‘यूरेनियम हो’ भन्छ बा I यो के गर्ने त ? भन्दा त उसले इजराइललाई यसको एकदमै जरुरी भएको र सान्दाईको इजराइलसँग एकदमै राम्रो सम्बन्ध भएकाले यसलाई कूटनीतिक माध्यमबाट इजराइल पठाउनुपर्यो भन्छ I मैले तिमीसँग कति छ ? भन्दा त उसले चार बोरा पो छ भन्छ बा I ‘ठिक है बीपीसे बात करेंगे I उससे पहले ये यूरेनियम है या नहीं है ये पता करेंगे I’ मैले भने I कहाँ परीक्षण गर्ने भन्ने लाग्यो मलाई I मैले अलिकति (पोकाबाट) यूरेनियम साथमा लिएर गएँ I वी.एच.यु. (बनारस हिन्दु विश्वविद्धालय )को प्रयोगशालामा एकजना चिनेका मानिस आदित्यनारायण श्रीवास्तव, नोनाका बहिनिज्वाइँ थिए I उनलाई भने, ‘अच्छा, पता करो तो ये क्या चिज है ? देखो ना इतना हेवी भी है I’ उनले ‘प्रोफेसर से पूछ के पता करेंगे’ भने I दुई दिनपछि उनि आएर भने, ‘यो त यूरेनियम हो I कहाँबाट फेला पार्नु भयो तपाईले (नेपाल, जगत : वि.स. २०६७ : पृ. ९१-९२ ) I”
उपरोक्त दुवै प्रस्ताव गिरिजाले बीपीलाई भन्नु भएपछि बीपीले अस्विकार गर्नु भएछ I
पुन: त्यो शर्मा भन्ने व्यक्तिले बम्बईमा समातिएको तस्करीको सामानमा गिरिजालाई फसाएको रहेछ I यस बेला गिरिजाले बीपीलाई नसोधिकन स्वनिर्णय गरेर हात हालेका रहेछन जसले गर्दा उनि फसे I यो केस ‘रअ’ का प्रमुख रामेश्वरनाथ काओ, विदेशसचिव सहित तीन जना अधिकारीहरुले मिलाए भनेर गिरिजाले आफ्नो आत्मवृतान्तमा खुलासा गरेका छन् I यसो हेर्दा त्यो शर्माजी भन्ने व्यक्ति ‘रअ’ कै गुप्तचर भएको बुझ्न सकिन्छ I तस्करीको सामान छुटाउने केसमा पनि ‘रअ’ तथा भारतीय प्रशासकहरुले केस मिलाई दिने यो बडो अचम्भ र अपत्यारिलो कुरा देखिन्छ I तस्करी गरेर क्रान्ति गर्ने कुरा अलि स्वाभाविक देखिन्न जुन सजिलै बुझ्न सकिन्छ I यस घटनाको बारेमा विद्धवान तथा चर्चित लेखक जगत नेपालले “आफ्नै कुरा : गिरिजाप्रसाद कोइराला” भन्ने पुस्तकमा निम्नानुसार वर्णन गर्नु भएको छ ;
“फेरि एकदिन शर्माजी आएर भने, ‘अच्छा, गिरिजाबाबु I एक काम तो किजिए I हमारा सब सामान बम्बई में पकड़ा गया I वह अपना है कह दीजिए ना I मलाई लाग्यो अब त सान्दाईलाई पनि भन्दिन, कसैलाई पनि भन्दिन I यो त साधारण कुरा हो I सामान ‘मेरो हो’ भन्नलाई के हुन्छ र ? मैले ‘हुन्छ’ भनि दिएँ I उसले भन्यो, ‘ठीक है कल बम्बई चलिए I’ मैले पनि शर्माजी सँग ‘हम चलेंगे’ भनें I…..शर्माले बम्बईमा होटलमा राख्यो, एकदमै ठाँट सँग I वकिल कहाँ लग्यो I वकिलले यो मेरो सामान हो भन्ने व्यहोराको कागज तयार पारेको थियो I त्यसमा मैले हस्ताक्षर गर्नु पर्ने थियो ताकि शर्माको समातिएको सामान मेरो हो भन्ने प्रमाणित होस् I वकिलले पटकपटक भन्यो हस्ताक्षर गर्नु भन्दा पहिला पढ्नु भयो त ? ‘ठीक है लाइए’, मैले भने I ‘अच्छी तरह से फिर पढिए ‘, उसले फेरि भन्यो I ‘अपना ही सामान है तो फिर पढ्ने की क्या जरुरी है’, मैले भने I ‘सामान तो सब शर्माजी का है और बात झूटका है’, उसले भन्यो I मैले भने, देखिए क्रान्ति भी करना है I पैसा भी नहीं I कहीं न कहीं से पैसा तो लाना हि है हमको’ I उसले भन्यो, ‘अच्छा कीजिए दस्तखत I’ हस्ताक्षर गरेपछि होटलमा बसिरहेको थिएँ I एउटा मानिस आएर भन्यो, ‘आपको दिल्ली बुलाया है I आपको अभि चलना होगा, चलिए I मैले शर्माजीलाई भने, ‘हेर तिम्रो सामान पाइन्छ तर त्यसको पैसा त दिनु पर्छ नि I’ उसले, ‘हुन्छ, हुन्छ’ भन्यो I म दिल्ली आएँ I त्यहाँ भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख रामेश्वरनाथ काओ, विदेशसचिव सहित तीन जना अधिकारी बसेका थिए I उनी हरुले भने, ‘गिरिजाबाबु आपने क्या कर दिया I स्मगलिङ्गका सामान हमारा है कह दिया I’ मैले भने, ‘पैसा नहीं है I कुछ नहीं है I ‘रेभोलुसन’ करने जा रहे हैं I इतने लोग है क्याम्प पर I नहीं करेंगे तो कैसे होगा I इसलिए हमने कह दिया, वो सामान हमारा है I’ उनीहरुले भने,’छोडिए, क्या करें I आप ‘फ्र्याङ्क’ आदमी हैं, बात कर देते हैं I कुछ कह दें तो गुस्सा में आते भी हैं I ठीक है ; हो गया I अब चिन्ता की बात नही है I’ त्यो प्रकरण लाई उनीहरुले के कसरी मिलाए ? मलाई थाहा छैन (नेपाल, जगत : वि.स. २०६७ : पृ. ९२-९३ ) I” क्रमशः