गिरिजा, ‘रअ’ तथा ‘ग्रान्ड डिजाइन’…..भाग २

कृष्णबहादुर थापा
Some excerpts of my forthcoming book :
गिरिजाप्रसाद कोइरालाको आत्मवृतान्तमा लेखिएअनुसार नक्कली भारतीय रुपियाँ छापेर पैसा कमाएका प्रसंगको उनले सगर्व व्याख्या गरेका छन् ।

नक्कली भारतीय रुपियाँ छापेको घटना सम्बन्धमा विद्धवान तथा चर्चित लेखक जगत नेपालले “आफ्नै कुरा : गिरिजाप्रसाद कोइराला” भन्ने पुस्तकमा निम्नानुसार वर्णन गर्नु भएको छ ;
“नक्कली नोटको कथा – एउटा सोसलिस्ट संधै आउने-जाने गरिरहन्थ्यो I एकदिन ऊ एकदमै राम्रो कुर्ता सुरुवाल र चप्पलका साथ आएको देखेँ I बडो ठाँटका साथ टाढैबाट करायो, ‘गिरिजाबाबु पैसेकी अब कोही दिक्कत नहीं है, अब आपको भी नहीं है और हमको भी नही होगी I’ गम्छा र थोत्रो चप्पल लगाउने त्यो फकिर जस्तो मानिसले राम्रो बाटाको चप्पल लगाइरहेछ I कुर्ता, बन्डी सबै नयाँ I अनि मैले भने, ‘अच्छा क्या हुआ साहेब, नयाँ लग रहे हैं I’ उसले भन्यो, ‘पैसे कि क्या जरुरत गिरिजाबाबु I देखिए, हमने सब व्यवस्था कर दिया है I आपके लिए भी किया है और हमारे लिए भी I’ मैले सोधें, ‘के गरिस त ? ल बता न त ?’ नोना भाउजु मसँगै हुनु हुन्थ्यो I दुईवटा सय-सयका नोट फ्याट्ट निकालेर उसले भन्यो, ‘अच्छा बताईए तो दोनो में कुन सक्कली और कुन नक्कली ?’ यसो हेर्छु त एउटै खालका छन् I केहि पनि फरक छैन I यसो हेर्यो I पानीको रङ्ग जस्तो फिका भाग (जो सक्कली नोटको सुरक्षा अस्त्र जस्तै हुन्छ) हेर्छु केहि फरक छैन I यता पल्टाएँ, उता पल्टाएँ I केहि फरक पाउन सकिन I मैले भने, ‘अच्छा कैसे किया आपने I कहाँ से ऐसे किया बताईए ?’ उसले भन्यो, ‘अरे ! ओ कुछ लोग हैं, जो बनाते हैं इस तरिके से I आपको चाहिए ? कितना चाहिए हम देने के लिए तैयार हैं I’ अरुबेला मसँग एक कप चियाको लागि पैसा माग्ने मान्छेको त्यस्तो कुरा सुनेर म छक्क परें र भने, ‘अच्छा ! हमको ये नोट दे सकते हो ?’ ऊ भन्छ, ‘हाँ हाँ, क्युँ नहीं I लिजिए I’ मैले नोना भाउजूलाई भने, ‘ल हेर्नुस् त भाउजू I दुइवटा नोट यस्तो आयो I सय-सयको यी नोट मध्ये कुन नक्कली र सक्कली हो ? तपाई पनि पत्ता लगाउनुस् त ?’ भाउजूले भन्नु भयो, ‘अहँ लाग्दैन I पत्ता लाग्दैन यो I छुट्याउन सकिदैन I’ त्यसपछि ‘अच्छा हम जातें हैं बनारस, बीपीसे बात करेंगे’ भनेर म हिंडे I ‘जाने के लिए तो पैसा नहीं हैं न हमारे पास I पेट्रोल भर्ना होगा I लिजिए, भनेर उसले फटाफट ३-४ सय गनेर मलाई दियो I ‘चलो I’ भनेर नोना भाउजूका साथ म बनारसका लागि हिंडे I एकैदिनमा बनारस पुग्न गार्हो थियो I त्यसैले एकरात पटनामा बस्यौं I पटनाबाट भोलिपल्ट बनारस पुग्यौं I “ए! तँ आइस ?’, सान्दाजुले सोध्नु भयो I सान्दाइको र मेरो बीचमा लामो कुरा हुँदैनथ्यो I मैले ‘अँ सान्दाइ! एउटा कुराको निम्ति आएको छु I भन्दै ‘ल सान्दाइ! यी दुई मध्ये कुनचाहिँ नोट सक्कली र कुनचाहिँ नक्कली हो ? पत्ता लगाउनु होस्’ भनेर फट्टसँग दुईवटा नोट दिई हालेँ I उहाँ यसो हेर्नुहुन्छ ! सूर्यतिर पारेर हेर्नु हुन्छ, यताउता पल्टाउनु हुन्छ तर पत्ता लगाउन सक्नुहुन्न I ‘यही कुरा हो सान्दाइ I हामीलाई पैसाको यस्तो दु:ख छ I यस्तो मानिस फेलापरेको छ, जसले नक्कली नोट बनाउँछ’, मैले भने I ‘अच्छा ! बोला त त्यो मानिसलाई’, सान्दाइले भन्नु भयो I त्योभन्दा पहिला सान्दाइलाई ती नोट परीक्षण गर्ने ईच्छा भयो I पहिला उहाँ मोटरमा बस्नुभयो र मलाई पनि ‘ल बस्’ भन्नु भयो I त्यही पैसाले गाडीमा पेट्रोल भर्नु भयो I पम्पमा दुई सयकै नक्कली नोट दिनु भयो I पम्पले टन्न पेट्रोल भरिदियो र बाँकी पैसा फिर्ता पनि गरिदियो I फर्केर आए पछि बीपीले ‘त्यो मानिसलाई बोला’ भन्नु भयो I ‘हुन्छ’ भनेर मैले उनीहरुलाई बोलाउन त्यो सोसलिस्ट मार्फत खबर पठाएँ तर त्यो बेलासम्म बीपी पटना गैसक्नु थियो I ती मानिस आए I दुई जना बङ्गाली थिए I त्यही सोसलिस्ट उनीहरुलाई लिएर आयो र मलाई चिनायो I ‘कैसे बनेगा ?’ भनेर सोध्दा उसले ‘जतिजति नक्कली नोट बनाउनु छ सुरुमा त्यति नै सक्कली नोट चाहिन्छ’ भनेर भन्यो I ‘सक्कली नोटमा दुई कागज यताउता मिलाएर नक्कली नोट बनाउने हो’, उसले भन्यो I ‘कागजमा मिलाएर बन्छ, यहाँ आउनुहोस I तपाईहरुसँग कति छ ? म बनाएर देखाउँछु’, उसले भन्यो I मैले नोना भाउजूसँग कति पैसा छ ? भनेर सोध्दा उहाँले पाँच हजार रहेको बताउनु भयो I त्यो लुकाएर राखेको पैसा थियो I नोना भाउजूले भन्नु भयो , ‘थाहा दियो भने फेरि खर्च गरिदिनु हुन्छ भनेर लुकाएर राखेको थिएँ I यी लिनुस् I’…..ती मानिसहरुलाई साथमा लिएर छतमा गइयो I उनीहरुले पानीमा केमिकल हाले I सानो ब्याट्रीबाट चल्ने आइरन पनि ल्याएका रहेछन I नोट साइजको सेतो कागज निकालेर सक्कली नोट्सँग टासेँ I अनि पानीमा हाले I नोटको आकृति देखा पर्यो I आइरन लगाएर सुकाए अनि सक्कली नोट एकातिर र नक्कली नोट अर्कोतिर राखे I फेरि त्यसैगरी अर्कोअर्को गरेर पाँच हजार नोट तयार गरे I ‘और निकालिए न, सक्कली नोट और भी बन जाएगा’, भन्छ ऊ I मैले भने, ‘पैसा तो हम लोगो के साथ अब और नहीं हैं, इतना ही है I बीपी आएँगे इसके बाद बातचित होगी I वो क्या कहते हैं I’ उसले भन्यो, ‘ठीक है हमको खबर कीजिएगा I’ मैले भने, ‘अच्छा ठीक है, आपको कितना रखना है रख लिजिए I’ उसले जवाफ दियो, ‘हामीलाई पैसाको के जरुरत ? तपाई नै राख्नु न I जहाँ जान्छु त्यहीं बनाउँछु र तिर्नु पर्ने ठाउँमा तिरि हाल्छु I’ लियौं पैसा हामीले I भाउजू र म पैसा लिएर घर गयौं I उनीहरु पनि हिंडीहाले (नेपाल, जगत : वि.स. २०६७ : पृ. ९५-९७ ) I”
यसै सन्दर्भमा चर्चित विद्धवान लेखक डा. शास्त्रदत्त पन्तले पनि आफ्नो पुस्तक “नेपालमा ‘रअ’ को चलखेल संयुक्त”मा निम्नानुसार खुलासा गर्नु भएको छ ;
“गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्रीको कुर्सीमै बसेर कान्तिपुर टेलिविजन मार्फत सार्जनिक रुपमा स्वीकारेका छन् कि उनले सन् १९७३ मा शाही नेपाल वायु सेवा निगम को हवाईजहाज अपहरण ‘रअ’को मास्टरमाइन्डबाटनै गरेका थिए I त्यसमा ‘रअ’का प्रमुख काओको हात थियो I ‘रअ’कै व्यवस्थापनमा कांग्रेसले सशस्त्र आन्दोलन गरेको थियो I गिरिजाको भनाइ अनुसार ‘रअ’ले नक्कली नोट तस्करी गर्न र आरडीएक्स इजराइल निर्यात गर्ने जस्ता तस्करी काम गर्न सिकाएको, गराएको थियो I कोइरालाहरु भारतको दास भएर देशको अस्तित्व नै मेटाउन पनि पछि नपर्ने अवस्थामा छन् (पन्त, डा. शास्त्रदत्त : वि.स. २०७१ : पृष्ठ ४२) I”
उपरोक्त्त काण्डहरु कै सम्बन्धमा चर्चित विद्धवान पत्रकार एवं लेखक युवराज गौतमले अन्नपूर्ण पोस्टमा २०७३ बैशाख १३ को मितिमा प्रकाशित आफ्नो लेख ‘अकबरको घोडा’मा निम्नानुसार खुलासा गर्नु भएको छ ;
“नेपालमा प्रजातन्त्रको घोडा दौडाउन गिरिजाप्रसाद कोइरालाले भारतमा रहँदा नक्कली भारतीय रुपैयाँ छापेर आर्थिक संकट टारेको र सिमानामा नेपालका प्रहरीहरूको हत्या गरेको कुरा सगर्व लेखेका छन् । भारतीय गुप्तचर संस्था ‘रअ’ को प्रेरणाले सुन र युरेयिनम तस्करी तथा विमान अपहरण गरेको घटनालाई जीवनको सबैभन्दा महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् । (आफ्नै कुरा नामक कोइरालाको आत्मवृत्तान्तबाट)।” क्रमशः

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →