मीरा राजभण्डारी अमात्य
मलाई तिम्रो जितियाको कथा भन “न”
म तिमीलाई “स्वथानी”सुनाउछु
तीजको भाका तिमी हाल
धान नाच मा म रमाउछु
गौरा पुरान तिमीले गाउदा
सेर्पिनी दिदी ल्यास्सो भन्छिन
ल्होसार आउदा थकुवा पनि पाकोस
योमरी म पकाउछु
पहाड को अर्सा सेल
छोप सँग घोङ्ही मिठो
चाकु काठमान्डु मै छुट्यो
नत्र तिम्रो ढिकुरी
र योमरी मा के अन्तर ??
मात्र म जाडो मा छु
मिठास चाकु को घोल्छु
तिमी गर्मी मा छौ
पसिना मा तर …
नुनिलो घोल्छौ
कसको के छुट्यो
कसको के बढी भो म जान्दिन
नमिलेका कुरा
मन मिलेका कुरा थुप्रै छन
अपुरा अधुरा यो संसारै छन
मात्र मिलेका कुरा हेरौ
नमिलेका छोडौ
ढुङ्गा को भर माटो
माटो को भर ढुङ्गा बनौ
बरु,
मन भरी भरी मन हरु
बाटा भरी मलामी थुपारौ
जिबन को यो खास “दर्शन “
समेटियर बाचौ
समेटियर बचाऔ ।
कतामरी 2077/06/08