नरेन्द्र बस्नेत दिनेश
धेरैलाई सहयोगि हुन सक्ला भनेर यो समय र अनुभव खर्चिएको छु।
यो महिना भित्रमा मलाइ पटक पटक गरि ४ पटक ३८ अर्थात नेपालमा भन्दा १०२,१०३ कटने ज्वरो आयो।सामान्यत मौसम परिवर्तनको समय हरेक बर्ष पैतला देखी तालु सम्म दुख्ने अनि
भोलिपल्ट ठिक हुने भएकोले यो महिनाको पहिलो र दोश्रो हप्ता त्यसै गरि अत्यधिक जिउ दुख्नुको साथै यो पटक ज्वरो थपिएर आयो तर भोलिपल्ट नै ठिक भएकोले नियमित कार्यमा लागियो।
पुनश्च सेप्टेम्बर २२ तारिक अफिसमा नै रहदा दिउसो १६:०० बजे तिर जिउ दुख्न थाल्यो यसै क्रममा १८:०० बजे अफिस बन्द गरि निवास तिर फर्किए तर जती समय बित्दै गयो त्यति नै दुखाइको मात्रा बढ्दै गयो २३ को बुधवार अत्यन्तै गार्हो भएर ज्वरो ३९ सम्म पुग्यो, ज्वरो अत्यधिक भएकोले जे भएपनी कोरोना संग जोडेर हेर्ने ऐेलेको त्रासदी पूर्ण परिस्थितिले काही लिने सम्भावना पनि नभएको र कसरि ज्वरो घटला र जचाउन जान पाउला भन्ने तिर ध्यान केन्द्रित रहयो,तर जापान बसाइको १५ वर्षको अवधिमा यो पटक डाइरिया पनि थपिएकोले मन सशंकित थियो एकातिर भने अर्कोतिर आत्मविश्वास बलियो पनि थियो।श्रीमतिको साथ सल्लाह र केहि घरेलु उपचारले २४ तारिक बिहिवार बिहान ज्वरो कम भएको समयमा नजिकैको क्लिनिक गए।डाक्टर सावले बिगत १०,१५ दिनको गतिबिधी लगायत बुझी जाच गरेर पेटको इन्फेक्सन भएको भनि डाइरिया र ज्वरोको ओषधि दिनुभयो।औषधी लिन थालेपछि ज्वरो त्यसै दिन बाट कम भयो भने डाइरिया २६ तारिक शनिबार दिउसो बाट ठिक भइ बेलुका सम्म पुर्ण रुपमा ठिक भएको अनुभुति भयो।पुर्ण रुपमा ठिक भएकोले आइतबार नियमित कामको लागि कार्यालय गए।दिनभर ठिक भएको शरिर १६:००देखि अलिक दुखेको महशुस भएपछि १८:०० मा कार्यालय बाट निस्कि निवास तर्फ आए तर निवास सम्म आउन लाग्ने जम्मा २० मिनेटको समय अचानक बढेको अत्यधिक दुखाइ र गर्मिले दशौ घण्टा जस्तो लाग्यो।आउने वित्तिकै सकि नसकि हात खुट्टा मात्रै धोएर कम्पन्न,जाडो र दुखाइ लाइ सहन नसकि बाक्लो सिरकको साहारा लिन बाध्य भए।एक दुइ घण्टामा अलिकति जाउलो खाएर डाक्टरले दिनुभएको ज्वरोको औषधि खाए,जतिखेर मेरो ज्वरो ३९ डिग्री थियो,ज्वरोको औषधी सँगै जीवन संगिनीले गरेको पानि पट्टिको पनि प्रभावले होला सोमवार बिहान ज्वरो कम भयो तर शरिर सन्तुलित थिएन यसर्थ पुनश्च बदलिदो परिस्थितीलाइ मध्यनजर गर्दै PCR टेस्टको अभिलाषा सहित डाक्टरको मा गए।डाक्टर ले सम्पुर्ण कुराहरु बुझि केहि औषधि फेरबदल गर्दै कोरोनाको त्यति धेरै लक्षण त देखिएको छैन यद्धपि एकपटक PCR टेस्ट गर्नेकी भनेर सुझाउने बित्तिकै म पनि राजि भए र तत्काल नै बहाहरुले मेरो टेस्टको प्रकृयाको लागि बिमा कार्यालय सँग समन्वय गरि घरमा गएर बिमा कार्यालयको फोन प्रतिक्षा गर्न भन्नु भयो।
सोमबारको दिन १६:३० तिर मलाइ फोन आएर हिजो मंगलबार २९ तारिक १५:३०मा PCR टेस्ट को टाइम रहेको भनि ठेगाना उपलब्ध गराइयो।उपलब्ध गराइएको ठेगानामा गएर मैले हिजो स्वाव टेस्ट दिएर आए ।ब्यस्त सडकको मध्य भागमा स्टेशन बाट नजिकै ग्यारेज जस्तो लाग्ने ठाउमा टेन्ट टागेर अति ब्यबस्थित तरिकाले कसैलाइ पत्तो नै नहुनेगरि ठाउको ब्यबस्था गरिएको रहेछ जुन कुरा मलाइ फोनमा पनि भनिएको थियो ।
दुइ मिनेट मै काम सकिएर फर्किदा मलाइ एउटा कागज थमाइयो जसमा रिजल्ट नआउन्जेल बाहिर हिडडुल नर्गन लगायत अन्य जानकारि हरु थिए।
मेरो शारिरिक तन्दुरुस्ती र सुधारलाइ हेर्दा मलाइ कुनै पनि हालतमा कोरोना भएको छैन भन्नेमा बिश्वस्त थिए यद्धपी परिणाम जस्तो पनि आउन सक्ने भएकोले कहि कतै मन शशंकित भएपनी आत्मविश्वास बलियो राखेको थिए।
आज या भोलि मा आउछ भनेको PCR टेस्टको परिणाम आजनै १६:५५ मा बिमा कम्पनी बाट फोन आएर PCR टेस्ट नेगेटिभ आएको अर्थात कोराना नभएको जानकारि प्राप्त भयो।
मलाइ कोरोना नभएको मेडिकली पुष्टी भएपनि हरेक दिन हरेक पल सचेत भएर अगाडि बढनु पर्छ भन्ने कुरामा म जानकार छु त्यसर्थ मानब जिबन हो कति खेर के हुन्छ पत्तो नहुने भएकोले याहाहरु पनि कोरोना कहरको बिचको त्रासदी पुर्ण दैनिकी सचेत हुदै चलाउनु होला।
(लेखक:- एनाआरनए जापानको सल्लाहाकार हुनुह्न्छ )|