कविता-`मेराे कविता´

कविराज पौडेल
नाैला मार्ग प्रशस्त पूर्वजहरूअाई मलाई दिऊन्।
याैटा सिद्धि दिएर काव्य रसकाे साैन्दर्य मेराे पिऊन्।

नाैलाे बिम्ब सजाउने हृदयकाे पाऊँ छहारी यहीँ।
दु:खीकाे पसिना टिपेर कविता गाऊँ चहारी यहीँ।
पाऊँ मानिसकाे उदात्त मनकाे सद्भावकाे अासन।
अाफै शव्द बनेर व्यक्तिन सकूँ सत्कर्मकाे जीवन।
अर्पूँ भाव अभावमा बरु कुनै पाऊँ म सम्भावना।
अाफैमा विजयी हुने कलमकाे पाऊँ म अाराधना ।
व्यर्थ‌ै शब्द उनेर मात्र गणकाेअाकार के नै दिऊँ।
केही छैन रसानुभूति रसकाे अाधार के नै दिऊँ?
लेख्ने `स्वान्त सुखाय´ हाे यदि भने लेख्दै नलेखूँ बरु,
देऊ सिद्धि स्वयं बनूँ म कविता चाहिन्न केही अरू।
के साेचूँ म शिरीष फूल भुइँमा सर्माउँदै झर्नुमा।
मेराे मुक्ति छ न्याय प्रेम समतासंसारमा छर्नुमा,
मेरा पाउ बढून् सदा सृजनकाे उक्ली नयाँ टाकुरा।
हाम्राे जीवन फूलकाे श्रम-सुधा हुन् पाैरखी पाखुरा।
मेराे माैलिक सिर्जना अमृत हाेस् पूर्णेन्दुमा बास हाेस्।
थाल्दा लेख्न कवित्व झङ्कृत भई श्रीविन्दुमा सास हाेस्।
यस्ताे लेख्न सकूँ कि लेखिरहँदा लेख्नै छ बाँकीसरि।
यस्ताे विम्ब मिलाेस् कि हेरिरहँदा हेर्न‌ै छ बाँकीसरि।
याे पृथ्वी निरपेक्ष छैन जति छन् सापेक्षका सत्य छन्।
छन् जे जे विपरीत तत्त्व तिनकाे संघर्षमा सत्य छन्।
हेरेमा गतिशीलता प्रकृतिकाे माधुर्य माधुर्य छ।
माने सुन्दर स्राेतचाहिँ श्रम हाे साैन्दर्य साैन्दर्य छ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →