अब म म रहिन्……!
स्वर्णिम चादनी
…..कास अब म,
तिम्रो जीवनमा प्रवेश गर्ने छैन
अचेल मलाई तिम्रो बारेमा कसैले सोध्छ भने-
भनिदिन्छु सहजै,
मलाई थाहा छैन अचेल तिम्रो खबर
म सोध्न पनि सक्दिन कसैलाई
न म तिम्रा आफन्तहरुलाई पनि सोध्छु नै।
कारण जीन्दगीले यति बुझ्यो
सधैभरि कोही आफ्नो हुदैन रहेछ,
कसैलाई आफ्नो बनाउन पनि सकिदो रहेनछ।
तिम्रो नजरमा म…
ह्रदय नभएको मान्छे,
म स्वार्थी मान्छे,
म घमण्डी मान्छे,
म नीच र घटिया सोच भएको मान्छे,
तर म,
सकिन तिम्ले जस्तो चाह्यौ त्यस्तै बन्न सकिन्
माया गर भनेर हुदैन,
यो त आत्मादेखि नै आउनुपर्यो नि महोदया
कमसेकम मनले नजरको भाषा बुझ्नु नि
भनिरहनु पदैन थियो होला सायद
तर अचेल् विना हिचकिचावट,
विना स्वार्थ,
विना सर्त म भन्छु,
तिमी आफ्नो खुसीमा रमाउनु
आउनेहरु आउदै गर्छन् जीवनमा,
जानेहरु पनि जादै गर्छन् जीवनबाट।
हो,म तिमीलाई सधै मन पराउछु,
यति भन्छु तिमीलाई…
त्यो पनि होईन—
अब जीवन आफ्नै तरिकाले जीउनु छ
बास् कसैको आखाको कसिड्गर नबनेर
हरेक बिहान याद बोकी आउने बतासको झोक्कालाई स्पर्श गर्दा पनि,
जहा!
टुटने डर थियो त्यहि ठाउमा गएर
यो मन जोडियो,
त्यसैले सिर्फ पछुतो बाहेक केही छैन,
अहिले म मा।
दुनियालाई देखाउनलाई पनि छैन,
अब म,हामी यस्तो उस्तो भनेर।
अब त्यसो पनि गर्नु छैन मैले
ॲह,
तिमी चादनी भन्दा सुर्य बन्नु,
किनकि!
चादनीमा छिट्टै दाग भेटलान् मान्छेहरु
तर,सुर्यमा दाग भेटन समय लाग्नेछ।
तिमी,तिमी जस्तै भईजानु,
सुखले जीवन कटाउनु
जता खुसी मिल्छ त्यतै र त्यस्तै गर्नु
चट्टान जस्तै बलियो बन्नु,
यो मनको ढोका सदैव खुला छ
गुनासो नगर्नु!!!