कविता – ईतिहास नभयका आमाहरु

मीरा राज्भन्डारी अमात्य

आमा हरुको ईतिहास हुन्नन
ईतिहास हरुका आमा हुन्छन
लेखिदैनन ईतिहास आमा हरुको
अलिखित हुन्छन ईतिहास आमा हरुको

अलिखित इतीहास भित्र
ईतिहास लेखाउने श्रस्ताहरु
जन्माउछिन हुर्काउछिन आमा हरु
फेरी पनि
आमाहरुको ईतिहास हुन्नन

किनकी
ईतिहास लेखाउन
समये साधन श्रोत
आमा जुटाउदिनन्
खर्चिन्छन समय श्रोत साधन
मात्र
भविश्यका ईतिहास
स्वर्निम ईतिहास लेख्ने लेखाउने
सपुत सुपुत्रीहरु
मुटुका टुक्राहरु
टुक्राटुक्रा भाब
टुक्राटुक्रा समये
आफ्ना गाँस निद्रा
र कपासहरु टुक्राएर
आमाहरु
आफ्ना भविश्य पुस्ताहरु
पुस्ता पुस्तान्तरन सम्म
सिन्चित गरी रहन्छिन

फगत निस्वार्थ प्रेम
युग देखी युग सम्म
ईतिहास जन्माउने हुर्काउने
सपुत सुपुत्री हरु
जन्माइ रहन्छिन
हर्काइ रहन्छिन
फेरी पनि आमा हरुको ईतिहास हुन्नन

किनकी
आमा हरुलाई
ईतिहास लेखाउन भन्दा
ईतिहास लेख्ने लेखाउने
श्रस्टाहरुमा दरिलो विश्व’स छ

नपत्याये हेर्नु
हिलारी क्लिन्तन
अब्राहम लिन्कन
सिद्दिदास, गंगा लाल, धर्म भक्त, पुस्प लालहरु
लखन थापा
भक्ती थापा, सन्दुक रोइत र
महाविर पुन: का आमा हरु खोइ ?
ईतिहासका कुन पाना हरुमा
कती धर्सा
वीर सपुत सुपुत्रीका
आमाहरु लिखत बने
अलिखित ईतिहास भित्र
मेरी आमा पनि दरिएकी छिन् है अब
फेरी पनि
मेरी आमाको ईतिहास छैन र हुँदैन
ईतिहास लेख्ने लेखाउने
सम्भवत “म” लाई जन्माउने
मेरी आमाको ईतिहास हुँदैन
किनकी
आमाहरुको ईतिहास हुँदैन
शायद
ईतिहास बनाउनु भन्दा
ईतिहास लेख्ने लेखाउनेहरु
जन्माउङ र हुर्काउनमा
मेरी आमाको दरिलो विश्वाश थियो
त्यसैले त
आमा हरुको ईतिहास हुन्नन
आमाहरु ईतिहास मा हुनन
तर ईतिहास हरुको अंमा हुन्छन

कतामरी २०७७ माघ १ गते

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →