✍?स्वर्णिम चादनी
पारी घुम्टेबाट उदाउने र त्यहि डाडापारी डुब्ने
सुर्यको दैनिकी फेरिएको छैन
गौदी खोलामा बग्ने पानीको लय फेरिएको छैन
र पनि
म आफुलाई रित्तो ठानिरहेको छु ।
एक समय थियो
म काममा जाँदा एक गास तातो खाएर जा भन्ने कोहि थियो
कामबाट फर्कदा शरिरमा सेतो सगरमाथा बोकेर
मेरा बाटो हेरी राख्ने कोहि थियो
त्यो लय फेरियो
आगनको त्यो सतिसाल ढल्यो
म घरबाट जाँदा राम्ररी जा भन्ने
फर्कदा मुस्कानले स्वागत गर्ने
म रुँदा प्रेमले शिर छुने र निधार चुमिदिने
मेरो जिउँदो भगवानको अवसान भयो
म रोएँ एक्लो
हिँडे एकलो
तर पनि घुम्टेबाट उदाउने र त्यहि डाडापारी डुब्ने
सुर्यको दैनिकी फेरिएन
गौदीखोलामा बग्ने पानीको लय फेरिएन
मैले लयमा फर्कनु थियो
समात्दै थिएँ लय
हो त्यहि बेला तिमी आयौ मेरो आँगनमा
र समात्यौ हात, सुमसुम्यायौ प्रेमले
मैले तिम्रो हातमा आमाको हात देखेँ
तिम्रो आखाँमा आमाको स्नेह देखेँ
र तिमीमा म आमालाई आरोपित गर्दै गएँ
तिमीभित्र आमा खोज्दै गएँ
सयय हिडिरह्यो
तिमी र म पनि हिडिरह्यौ
म रुँदा तिमीले आशुँ पुछ्यौ
कपाल छुन सकिनौ र निधार चुम्न सकिनौ
माफ गर मैले तिमीसंग टाइमपास गरेको होइन,
मैले तिमीभित्र आमा खोजेको हु
मैेले तिम्राे छायामा आमाको छाया खाेजेकाे हुँ ।