कविता- मन मस्तिष्क

-जेनिस क्षेत्रि
मेरो मुहारले म हारेको प्रष्ट देखाँउछ ,
मन मनमै मेरो मनले मेरो मनलाई प्रश्न उठाउँछ,

मस्तिष्क मसक्क मस्किँदै मलाई गिज्याउँछ र भन्छ;

परिश्रममा पूर्णविराम
अल्प विराम तेरो जिन्दगी
दुई विरामको बिरामी तँ
ल भन अझै दिन कति ;

भविष्य सोचि भयभीत
तर
वर्तमानमा भने भ्रमित

भाग्य तेरो भागिसक्यो
तेरा खुसीहरू क्षणिक

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →