कविता -समय

??️?️?
उमाकान्त पाेखरेल
प्रिया……
याद छ,
त्यो सामिप्यता
त्यो आलिंगन् ,

न विर्सन सक्छौ तिमी
न सामर्थ्य छ म मा विर्सनलाई
मधुशालाबाट एक अंजुली पानी लिएर फर्कदाको त्यो स्वर्णिम् पल
अनि, सह-श्राव्दीको कम्पन्।

शीत को थोपामा विम्व प्रत्यार्पण पछि
नभ काे नीलिमा हेरी
तिमीसंग,
नजर एकाकार भा थ्याे मेराे
एकपल…………….!

शदियौंकाे अन्त्यहिन् यात्रा, अनि
अनन्त पर्खाई पश्चात्
म हिड्ने बाटाेमा
स्पर्श गरेपछी तिमीले
झुकेथे नजर दुवैकाे
गरेथ्यौ अाव्हान् मेराे , अनि
दिएथ्यौ मौन स्वीकृति
समस्त ब्रम्हाण्डलाई राखी साक्षी।

तिम्राे अालिङ्गनमा अनुवन्धित भई
अङ्ग-अङ्गकाे रस्वादन् लिंदा
समस्त तल्-भू-तल्
अाकाश, दीप, नक्षत्रहरु थिए उपस्थित् त्यँहा
काफी रहेछ सम्माेहित हुन
रीक्त,एकांकी, शुन्यता, र
बनेकी थियौ गर्भिणी
अर्काेपल ……………!

हाे प्रिया……..,
अाफ्नै खातिर अाव्हान् गरेथ्यौ मेराे
त्यसैले,
तिमीसँगकाे संभाेग पछी
लिएकी थियौ गर्भमा मलाई।

मेरी अर्धाङ्गिनी तिमी,
लज्जाकारी भाेग्या, अनि
देदीप्यमान देवी पनि तिमी
तिमी नै अादी, अनि
अन्त्य पनि तिमी नै
जसले कहिल्यै जानेनन्
त्याे स्थितप्रज्ञा पनि तिमी नै
तिमीबाटै जन्म भएकाे हाे मेराे
अाफ्नै खातिर उत्पत्ति गरेउ मलाई, र
अन्त्यमा,
लिन् गर्नेछौ अाफैमा
तिमीलाई सदा नमन् छ मेराे
किनकी,
तिमी हौ
“समय”………………………!
२०७७/०३/२६ भद्रपुर-१०,झापा।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →