चितवनमा युट्युबर लखेटिए!

घटनाक्रमलाई अतिरञ्तिज पार्न आएको भन्दै चितवनमा एक युट्युव कन्टेन्ट क्रियटर (युट्युबर) दुर्व्यवहारमा परेका छन्।

पूर्वी चितवनको राप्ती नगरपालिका ब्रम्हस्थानी सामुदायिक वनको जंगलमा क्यामेरा लिएर पुगेका युट्युबर भोजराज थापालाई स्थानीयले लखेटेका हुन।

सुजिता असार ११ गतेदेखि हराइरहेकी थिइन् । असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि वेपत्ता भएकी थिइन् ।

जङ्गलमा च्याउ टिप्न गएका स्थानीयवासीहरुले आइतबार साँझ शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । शव गलेको अवस्थामा फेला परेको छ ।

शो शव र घटनाको भिडिओ बनाउन गएका युट्युव कन्टेन्ट क्रियटर भोजराज थापालाई स्थानियले अपशब्द प्रयोग गरेका थिए। भिडिओ नखिच्न र तत्काल घटनास्थल छोड्न उनलाई स्थानीयले दबाब दिएका थिए।

पछिल्लो समय युट्युबरहरुले घटनाहरुलाई अतिरन्जित पार्ने गरेको आरोप छ।

स्थानीयवासी आन्दोलनमा

राप्ती नगरपालिका–३ की सुजिता भण्डारीको शव भेटिएपछि आज दिनभर नगरपालिका स्थित राजमार्ग क्षेत्र तनावग्रस्त रह्यो । जंगलमा मृत अवस्थामा फेला परेकी २३ वर्षीया सुजिता भण्डारीको शव उठाएर पोष्टमाटमका लागि प्रहरीले अस्पताल लैजाँदै गर्दा स्थानीयले शवलाई रोकेका थिए ।

हराएको १० दिनसम्म पनि प्रहरीले घटनाबारे केही अनुसन्धान गर्न नसकेको भन्दै स्थानीयहरु प्रहरी प्रशासनविरुद्ध नाराबाजी गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गराएका हुन् ।

स्थानीय र चितवनका प्रमुख जिल्ला अधिकारीसहित सरोकारवाला बीच भएको वार्तापछि दुई बुँदे सहमति भएको छ । मृतकको शव पोस्टमाटम गर्ने, घटनाको निष्पक्ष छानविन गर्ने र परिवारलाई राहतका लागि सरकारसँग सिफारिस गर्ने सहमति भएको छ । सहमतिपछि अहिले राजमार्ग सञ्चालनमा आएको छ ।

स्थानीयले बिहान ९ बजेदेखि ४ बजेसम्म राजमार्ग अवरुद्ध गराएका थिए ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →